कृष्ण ओलीको आज जन्मदिन, रुपाको मनछुने स्टेटस ..



हाम्रो इकोनोमि

 

 

आज कृष्ण ओली को जन्मदिन परेको छ। बिद्युत प्राधिकरणका इलेक्ट्रिक सब इन्जिनियरका रुपमा काम गर्दा २ हात र १ खुट्टा गुमाएका कृष्ण ओलीको आज जन्मदिन रहेको छ। जन्म दिन को बधाई दिदै उनकी श्रीमती रुपा मगर ओलीले फेसबुकमा आफ्नो भावना पोखेकी छिन्। कृष्णको मुस्कान र माया र हासोले आफ्नो जिबनमा खुसि हुने भन्दै स्टेटस लेखेकी छिन। रुपाका अनुसार आज कृष्ण को जन्मदिन पारेर कृष्ण को हात राखेको भिडियो पुरा सार्बजनिक गर्ने यस अघि नै बताइसकेकी छिन्। हाम्रो तर्फा बाट पनि कृष्ण ओलीलाइ जन्मदिनको धेरै धेरै सुभकामना।

दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीको जिबनमा खुसियाली फर्कने क्रम चलिरहेको छ। यस अघि नै खुट्टा हालेर हिड्ने गरेका कृष्ण ले अब भने हात हालेर आफुलाई त्यस अनुसार अभ्यस्त गराउने कोसिस मा छन्। उपचारका लागि भारतको दिल्लीमा पुगेका उनले हात राखेर सिक्दै गरेको भिडियो रुपा आफ्नो युत्युब मार्फत अपलोड गरेकी छिन्। कृष्ण ओलीको अपडेट दिन बनाइएको यस च्यानल ले कृष्ण ओली सम्बन्धि जानकारी दिदै आएको छ। यस पटक कृष्ण को सुभचिन्तक र माया गरि सहयोग गर्ने सबैलाई थप खुसि दिने भिडिओ सार्बजनिक गरिएको छ। छिट्टै कृष्ण को हात राखेको पनि देख्न पाइने भएको हो।

२०७५ को जेठ २५ मा दाङमा करेन्ट लागेका इलेक्ट्रिक सब इन्जिनियर कृष्ण ओलीलाई त्यो दिन दशा लागेको थियो। यति ठुलो घटनामा परि मुस्किलले ज्यान बचेको कृष्ण को २ हात र १ खुट्टा गुमेको थियो। उनको लागि अभियान नै चलाइयो र लाखौ रकम उठ्यो। देश विदेश बाट लाखौ रकम संकलन भयो र आज कृष्ण ओलीले पुनार्जिबन पाएका छन्। कृष्ण रुपाको जीवनमा बिगत केहि महिना सोचेभन्दा फरक बन्यो देश विदेशबाट लाखौँ करोडौँ सहयोग आयो । अहिले नेपालमै खुट्टा राखेका कृष्ण आफ्नी श्रीमती रुपा मगर सँग मुम्बईमा छिन । र यहि अगस्त १४ गते कृष्णको जन्मदिन पारेर कृष्णको हात राख्ने योजना बनाएका छन् । कृष्णले अहिले आर्टीफिसियल हातको ट्रेनिंग गरिरहेका छन

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...