मलाई कोही केटीले पत्याएनन्’ : टेन्सनमा राजेशपायल राई



हाम्रो इकोनोमि

 

 

राजेश पायल राईलाई फ्यानले भर्सटाइल गायक पनि भन्छन् । उनी देश तथा विदेशका कार्यक्रममा प्रायः व्यस्त रहन्छन् । राजेश पायल राई भन्नबित्तिकै धेरैलाई ‘दर्शन नमस्ते’ बोलको गीत याद आउँछ । यी गायकले बिहे भने गरेका छैनन् । उनलाई फ्यान र मिडियाले भने बेलाबेलामा सोध्ने गर्छन्, बिहे कहिले गर्ने ?

राजेश पायल राई भने यो प्रश्न स्वभाविक भएको धारणा राख्छन् । एक अन्तर्वार्ताका क्रममा उनले भने, ‘खै १ मलाई कोही केटीले पनि पत्याइरहेको छैन, म पनि चाहन्छु कि अब मेरो बिहे होस् ।’

गीतकै क्षेत्रमा निरन्तर लागिपरेका गायक राईले चलचित्रका गीतमा पनि स्वर दिएका छन् । केही समयअघि राई र नायिका रेखा थापा प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । केही मिडियामा त यी दुईले बिहे गर्ने पक्का भइसकेको खबर पनि बाहिर आएको थियो ।

राईले अन्तर्वार्तामा रेखा थापासँग बिहे गर्न आफूलाई कुनै आपत्ति नभएको पनि बताएका थिए । पछि यो कुरा यत्तिकै सेलाएर गयो ।गायक राई अब भने कुनै युवतीसँग बिहे छिट्टै हुनेमा विश्वस्त छन् । उनी आश्वस्त हुँदै भन्छन्, ‘फ्यानको आशीर्वाद छ मलाई । बिहे पनि छिट्टै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...