मन्त्री पठान सिंह बोहरा सचिवको सरुवा रोक्न मन्त्रालयको काम छोडी काठमाण्डौ धाउँदै



हाम्रो इकोनोमि

 

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्ददेव भट्टले आफ्नो पदीय जिम्मेवारी विपरीत कमिशनको सेटिङ्ग मिलाएर योजनाहरुको वितरण गर्ने, मुख्य मन्त्रीको समेत अवज्ञा गरेर योजनाहरु मनपरी किसिमले आफ्ना मानिसहरुलाई बाँड्ने, प्रदेश सभाका सदस्यहरुको मागको विपरीत कमिशन ख्वाउनेहरुलाई योजना बाँडेर नेकपाका सभासद र कार्यकर्ताहरुका बीच अन्तरविरोध चर्काउने तथा केही व्यक्तिहरुलाई पैसा बाँडेर मनपरी गर्दै आएका थिए ।

 

निजको कारण प्रदेश सरकार नै वदनाम भएको भन्दै मुख्य मन्त्री तथा त्यस क्षेत्रका धेरैजसो नेता र कार्यकर्ताहरुले हटाउनु पर्ने माग गर्दै आएका थिए । सचिव भट्टले खुलेआम कतिपय व्यक्तिहरुलाई आफु मन्त्रालयमा पाँच बर्ष बस्ने र सो अवधिमा मन्त्रालयले १० अर्ब रकम चलाउने र त्यसको १० प्रतिशत आफ्नो हातम पर्ने सम्मका कुरा गर्दै आएका थिए । कतिपय स्थानबाट निजले सोझै आफन्तका नाममा चेक काट्न लगाएर रकम बुझेको जिल्लाहरुमा व्यापक चर्चा छ ।

 

यस्तो व्यक्तिको केन्द्रबाट सरुवा भएपछि काठमाण्डौ औपधोपचार गर्न जाने भनी धनगढीबाट काठमाण्डौ आएका सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा कर्ण थापा, सचिवका नातेदार लिलाधर भट्ट समेतका मानिसहरुको साउन २७ गते प्रतिनिधि मण्डल बनाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र विभिन्न शक्ति केन्द्र धाउनुका साथै यस्तो काम जारी राखेका छन् ।

 

यसरी प्रदेश कमिटीको अध्यक्ष जस्तो पदमा रहेका थापा तथा मन्त्री जस्तो गरिमायुक्त पदमा रहेका बोहरा आफुले गर्नुपर्ने काम नगरी एकजना सचिवको थमौति गर्न किन काठमाण्डौमा घर–घर र मन्त्रालय चहारिरहेका छन् भन्ने गम्भीर प्रश्न उब्जिएको छ । यस्ता गतिविधिले यी व्यक्तिहरु तथा सचिवको बीच आर्थिक चलखेलबारे धनगढीमा चलिरहको चर्चाको पुष्टि हुनलागेको जानकारहरु बताउँछन् ।

 

सचिव भट्टले सरुवा भएपछि आफुले सुदूरपश्चिमका मन्त्री पठान सिंह बोहरा र प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा लगायतका केही व्यक्तिहरुलाई खरिद गरिसकेको र केन्द्रमा पनि आवश्यक व्यक्तिलाई खरीद गरेर सरुवा वदर गरिछोड्ने भन्दै निकटवर्तिहरुसंग धक्कु लगाउने गरेको कुरा धनगढीमा चर्चाको विषय बनिरहेको छ । “म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुनपनि दिन्न” भन्ने नारा दिने प्रधानमन्त्री रहेको सरकारका सम्बनिधत अख्तियार प्राप्त व्यक्तिहरुले अब भ्रष्ट सचिव इन्द्रदेव भट्टको बारेमा के गर्छन्, हेर्दै जानुपर्छ भन्ने सरोकारवाला जनताको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...