को हुन दीपशिखालाई खुला पत्र पठाउँने भिष्मराज पौड्याल



हाम्रो इकोनोमि

कमरेड दीपशिखालाई खुला पत्र :-

प्रिय कमरेड रामप्रसाद सापकोटा उर्ल दीपशिखा,
तपाईलाई खासमा म चिन्दिनॅ । चिन्न जरूरी पनि थिएन । तर तपाईंको एउटा लेख केवल जानकारीको लागि यहाँ समावेश गरेर केही लेखेको छु । आफ्नो कर्मको पुन:स्मृति हुने नै छ,जसले तपाईंको असलियत अवगत गराउने नै छ । यो तपाईंको विस्मृतिमा अवश्यमेव पुगेको छैन होला !

 

पार्टी अध्यक्ष प्रचण्डको एक सार्वजनिक भाषणको सन्दर्भमा सूर्य थापाले लेखेको मामुली एक स्टाटसमा तपाईंको मण्डलीले चियाको कपमा आधिबेहरी ल्याउन खोजेको देखियो । जो अत्यन्तै अनुचित कार्य हो ।।

 

तर २०७६ जेठ ५ गते रातोपेज डटकममा पोष्ट भएको यो लेख यदि तपाईंको नै हो भने ‘१०० मुसा डकारेको एक साधु बिरालोजस्तो. .’ किन गरेको नि तपाईंले ? तपाईंको यो हर्कत, हविगत र निचता दुनियाँले पढ्दा के भन्ठान्छन् नि ? यस हर्कतको निम्ति स्वयं नैतिक जिम्मेवारी महसुस गरेर पद त्याग गर्ने हो कि ? तपाईलेअविलम्ब सोच्नुपर्ने देखियो ।  सूर्य थापालेे त अध्यक्ष प्रचण्डका कतिपय कार्यशैली र बोलीमा सुधारको अपेक्षा गरेर फेसबुकमा स्टाटस लेखेको मात्रै हो, विरोध र भर्त्सना कही कतै गरेको पाइदैन । केवल कटाक्षसम्म गरिएको छ ।

 

अध्यक्ष प्रचण्डको बडिगार्ड र खास आसेपासे गासेजस्तो पल्टिएर सूर्य थापालाई शिक्षादीक्षा दिने सार्वजनिक धृष्टता गरेकोमा उनले त्यसको जवाफ फर्काएका रहेछन् – ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने? कति हास्नु? विचरा !’
पार्टी बिधान, अनुशासनर मर्यादा र पद्दतिको गफ तपाईंले दिन कसरी मिल्छ ? यो त दुधको साछी बिरालो बनेजस्तो पो भयो त !!! तपाईंको यो तरिका चर्चित सडक प्रतिभा मुकुन्द घिमिरेसँग पनि तुलनायोग्य छैन र हुनसक्दैन !

 

अनि, प्रधानमन्त्री, पार्टी अध्यक्ष र मुकुन्द घिमिरेको संयुक्त रूपमा हुर्मत लिने गरी यो के लेखेको? अरूलाई उपदेश दिनुअघि आफै जवाफदेही बन्ने हो कि? साथै, पूर्ववर्ती युवा संघ नेपालको सिंगो पङ्क्ति एकजुट भएर यसको हिसाबकिताब माग्न आवश्यक भएको हो कि ?

उहि
भिष्मराज पौड्याल

झापा

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...