जयपुरमा भेटिए भगवान रामका सन्तान, दिए तीनओटा प्रमाण



हाम्रो इकोनोमि

 

अयोध्या विवादबारे अहिले भारतको सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको छ । ९ अगष्ट मा अदालतले रामललाका वकिलसँग रामको कुनै वंशज अयोध्यामा छ कि छैन ? भनी प्रश्न गरेका थिए । यस विषयमा वकिलले आफूलाई जानकारी नभएको बताएका थिए ।

तर, अयोध्याको राजपरिवारले भने आफूहरु भगवान रामका छोरा कुशको सन्तान रहेको दाबी गरेका छन् । यो कुरा इतिहासमा पनि उल्लेख छ । पूर्वराजकुमारी दीयाकुमारीले यसको केही प्रमाण पनि दिएकी छिन् । उनले दिएको प्रमाणमा रामको २ सय ८९ औं वंशज जयसिंह र ३ सय ७ औं वंशजको रुपमा महाराजा भावानी सिंहको नाम उल्लेख छ ।

 

दीयाकुमारीले दिएका प्रमाण–
१. जयपुरका महाराजा सवाई जयसिंह भगवान रामका छोरा कुशका २ सय ८९ औं वंशज हुन् ।
२. ९ दस्तावेज, २ नक्शाले अयोध्याका जयसिंहपुरा रामको जन्मस्थान सवाई जयसिंह द्वितीयको अधीनमा थिए ।
३. सन् १७७६को एक निर्देशनमा जयसिंहपुराको भूमि कुशुवाहको अधिकारमा रहेको उल्लेख छ ।

सिटी प्यालेसका ओएसडी रामू रामदेवका अनुसार कुशुवाह वंशका भगवान रामका छोरा कुशको नामबाट कुशवाहा वंश मानिँदै आएको हो । यसको वंशावली अनुसार ६२ औं वंशज दशरथ, ६३ औं वंश श्रीराम र ६४ औं वंश कुश थिए ।

सवाई जयसिंहले सन् १७१७ मा अयोध्यामा मन्दिर पनि बनाएका थिए । जयपुर राजघरानाकी पूर्व राजमाता पद्मिनी देवीले राम मन्दिरको समस्या तत्काल समाधान हुनुपर्ने बताएकी छिन् । उनले भगवान रामको वंश आफूहरु रहेको र त्यसले अहिले अगाडि आएको उनले बताइन् । उनले राम सबैको आस्थाको केन्द्र रहेको पनि उल्लेख गरेकी छिन् ।

 

भगवान रामको मृत्यु

भगवान श्रीरामको जब समय पुरा भयो। उहाँको गमनको समय आयो । आकाशवाणी भयो, ‘प्रभु तपाईले आफ्नो अवतारमा आफ्नो सबै लिला गर्नुभयो । जुन तपाईको अभिप्राय थियो संसारलाई बचाउने, सन्तको रक्षा गर्ने त्यो अभिप्राय पुरा भएको छ । अब तपाईको जाने समय आयो।’

तब भगवानले भन्नुभयो, ‘मैले बुझे ‘। प्रभु श्रीरामले भन्नुभयो,’जुन कार्यको हेतु म यहाँ आएको थिए त्यो पुरा भयो । अब मेरो जाने समय भयो । तपाई यमराजलाई भन्न सक्नुहुन्छ यमराज आउन् ।’

यमराजले भने, ‘प्रभु म कसरी आउन सक्छु तपाईको अयोध्यामा । अयोध्याको ढोकामा त हनुमान बसेका छन् । जहाँ हनुमान छन् त्यहाँ यम प्रवेश गर्न सक्दैन । यमराज आउन सक्दैन । तपाईको अयोध्या यस्तो छ अ माने हुदैन योध्या माने लडाइ नै नहोस ।’ श्रीराम राजयमा कुनै झै झगडा हुदैन थियो । त्यहाँ प्रकृतिको सन्तुलन थियो ।

भगवान् श्रीरामले भन्नुभयो, ‘ठिक छ यदि हनुमान अयोध्याको ढोकामा पहरा दिइरहेका छन् र रक्षा गरिरहेका छन् भने म हनुमानलाई कहि पठाउछु। तब तिमी आउनु ।’

तब भगवानले औठी निकाले र हेर्नुभयो महलको एक ठाँउमा चिरा परेको थियो । त्यो चिरा भित्र ‌औठी फालिदिनुभयो । तब श्रीराम भन्नुहुन्छ, ‘हनुमान जी मेरो औठी हरायो मेरो औठी खोजेर ल्याउनुहोस ।’

हनुमान जीले भन्नुभयो, ‘प्रभु तपाईको आज्ञा । म औठी खोजेर ल्याउछु ।’

हनुमानले आफ्नो रुपलाई सुक्ष्म बनाउनुभयो । हनुमानमा यस्तो क्षमता थियो यस्तो सिद्धि थियो । आफ्नो प्रभुको सेवा गर्दा गर्दा उहाँ भित्र यस्तो सिद्धि भयो कि उहाँ अणु पनि बन्न सक्नु हुन्यो भने माइक्रो कजम म्याक्रो कजम पनि ।

जस्तै एटमको भित्र इलेक्ट्रोन, न्युट्रोन र प्रोटोन एक माइक्रो कजम हुन्छ । त्यस्तै ब्रम्हाण्डमा सुर्य छ त्यसको चारैतर्फ ग्रहहरु घुमिरहेका छन्। त्यहाँ सन्तुलन बनेको छ ।

हनुमान सुक्ष्म सिद्धिले सुक्ष्म शरीरको रुपमा चिरा भित्र पस्नुभयो । लामो यात्रापछि उहाँ नाग लोक पुग्नुभयो। त्यो चिरा जुन थियो त्यो नाग लोकको मार्ग थियो । नाग लोकमा बासुकीले देख्नुभयो हनुमान आएको । बासुकीले हनुमानको स्वागत गर्नुभयो ।

बासुकीले भन्नुभयो , ‘तपाई प्रभु श्रीराम भक्त हुनुहुन्छ तपाई आउनुको प्रयोजन भन्नुहोस । कृपया भन्नुहोस तपाई किन आउनु भयो । के कारण तपाई आउनुभयो । म तपाईको दर्शन पाएर कृतार्थ भए ।’

हनुमान जीले भन्नुभयो, ‘बासुकी जी भगवान श्रीरामको औठी हरायो । म भगवानको औठी खोज्न आएको हुँ ।’
तब बासुकी जी भन्नुहुन्छ, ‘म तपाईलाई औठी भएको ठाँउसम्म लिएर जान्छु ।’
हनुमानलाई लिएर बासुकी नाग लोकको बिचमा पुग्नुभयो । तब हनुमानले औठीको थुप्रो देखे । हजारौ औठी त्यहाँ थिए । औठीको चाङ थियो।

तब बासुकी जी प्राथना गर्नुहुन्छ, ‘हनुमान जी कृपा गर्नुहोस यी सबै प्रभुको औठी हुन् ।’
हनुमानले पहिलो औठी उठाउनुभयो । हर्नुभयो ।
भगवान श्रीरामको औठी थियो त्यो र भन्नुभयो, ‘मैले औठी पाए । तर यति औठीको चाङमा यो पहिलो औठी नै प्रभु श्रीरामको कसरी निस्कियो ।’

दोस्रो औठी उठाउनुभयो त्यो पनि प्रभु श्रीरामकै औठी थियो । तेस्रो उठाउदा हनुमानले बुझ्नुभयो यी सबै औठी प्रभुकै हुन् । सबै प्रभु श्रीरामको औठी हुन्। हनुमानले थहाँ पाउनु भयो प्रभुले यो भेद बुझ्नको लागि मलाई नाग लोक पठाउनुभएको हो ।

संसारको जन्म हुन्छ संसारको मरण हुन्छ । यसलाई उत्पत्ति र प्रलय भनिन्छ । संसारको जन्म हुन्छ प्रलय हुन्छ एक साइकल (चक्र) हुन्छ। साइकललाई एक कल्प भनिन्छ । एक कल्पमा चार युग हुन्छन् । चार युगको त्रेता युगमा प्रभु श्रीराम आउनुभएको थियो । त्यहाँ हजारौ औठी थिए यसको मतलब हजारौ त्रेता युग भएको हुनुपर्छ । यसको अर्थ पृथ्वीको अहिलेसम्म हजार भन्दा बढि पटक उत्पत्ति र प्रलय भएको हुनुपर्छ । यो क्रमको अन्त्य हुदैन समाप्ति हुदैन ।

हरेक युगमा महापुरुषहरु सधै आउछन् । आज पनि हामि प्रभु जानुभयो भन्दैनौ हामी श्रीरामनवमी मनाउछौ र भन्छौ प्रभु आउनुभयो । संसार बचाउन महापुरुषहरु आउछन् यो हामी मान्छौ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...