पाकिस्तानले सीमाक्षेत्रमा गर्‍यो भारत हमलाको तयारी



हाम्रो इकोनोमि

 

जम्मू कश्मीरको मुद्धालाई लिएर आक्रोसित पाकिस्तान भारतप्रति निकै कठोर र आक्रमक बनिरहेको छ । पाकिस्तानले अबको ३–४ महिना निकै महत्वपुर्ण रहेको भन्दै युद्ध नै हुन सक्ने समेत बताएको थियो ।

भारतले सीमा क्षेत्रमा सैन्य अभ्यास बढाएको भन्दै दुस्साहस गरे प्रतिकार गर्ने समेत चेतावनी दिएको थियो । यसबीच पाकिस्तानले युद्ध तयारीको झल्को दिँदै सीमा क्षेत्रमा युद्ध विमान तयारी अवस्थामा राखेको छ ।

जम्मू कश्मीर मुद्धामा अन्तराष्ट्रिय समर्थन खोजिरहेको पाकिस्तानले भने जस्तो साथ नपाएपछि उसले गिलगित बलिस्तानस्थित स्कर्दु हजाई अड्डामा जेएफ १७ युद्ध विमान तयारी अवस्थामा राखेको हो । जम्मू कश्मीरसंगै केन्द«प्रशासित बनाईएको लद्दाख नजिकै रहेको उक्त हवाई अड्डामा पाकिस्तानले अत्याधुनिक हतियारसहित युद्ध विमान तयारी अवस्थामा राखेको हो ।

लद्दाख नजिकै रहेको सीमामा पाकिस्तानले आफनो सुरक्षा चौकीहरुमा हतियार र सैन्य सामाग्रीहरु व्यस्था गरिरहेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । उसले शनिबार पाकिस्तानी वायु सेनाको ३ सी १३० हरक्युलस परिवहन विमान समेत लगेको छ ।

पाकिस्तानले भारतबाट हुन सक्ने आक्रमणलाई मध्यनजर गर्दै युद्ध तयारीको सबै सामान तयारी अवस्थामा राखेको हो ।यता अन्तराष्ट्रिय समूदायले भने भारत पाकिस्तान दुबैलाई संयमता र शान्तीको लागि अपिल गरिरहेको छ । एजेन्सीको सहयोग

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...