सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, भन्छन्, दूतावासको निर्णयले आश्चर्यमा परें



हाम्रो इकोनोमि

 

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । मंगलबार बिहान अमेरिकी दूतावास पुगेका लामिछानेलाई अमेरिका जान भिसा नदिएको हो ।दूतावासले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले अमेरिकामा हुन गइरहेको सीपीएल लिग गुमाउने भएका छन् । दूतावासले भिसा दिन अस्वीकार भएपछि आफू आश्चर्यमा परेको सन्दीपले जनाएका छन् ।

सन्दीपले खेलाडीका रूपमा आफूलाई भिसा दिन सहयोग गरिदिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गरेका छन् ।सन्दीप अन्तर्राष्ट्रिय नेपाली क्रिकेटर हुन् । उनले एकै वर्षमा नौ देशमा क्रिकेट क्लबबाट खेलिसकेका छन् । भर्खरै उनी क्यानडा लिग खेलेर नेपाल फर्केका हुन् । सन्दीपले भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्टइन्डिजलगायतका देशमा क्रिकेट खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...