सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, भन्छन्, दूतावासको निर्णयले आश्चर्यमा परें



हाम्रो इकोनोमि

 

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । मंगलबार बिहान अमेरिकी दूतावास पुगेका लामिछानेलाई अमेरिका जान भिसा नदिएको हो ।दूतावासले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले अमेरिकामा हुन गइरहेको सीपीएल लिग गुमाउने भएका छन् । दूतावासले भिसा दिन अस्वीकार भएपछि आफू आश्चर्यमा परेको सन्दीपले जनाएका छन् ।

सन्दीपले खेलाडीका रूपमा आफूलाई भिसा दिन सहयोग गरिदिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गरेका छन् ।सन्दीप अन्तर्राष्ट्रिय नेपाली क्रिकेटर हुन् । उनले एकै वर्षमा नौ देशमा क्रिकेट क्लबबाट खेलिसकेका छन् । भर्खरै उनी क्यानडा लिग खेलेर नेपाल फर्केका हुन् । सन्दीपले भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्टइन्डिजलगायतका देशमा क्रिकेट खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...