“हिन्दु राज्य हुँदा नेपाललाई ठूलो फाइदा छ” :-योगी आदित्यनाथ



हाम्रो इकोनोमि

 

भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन् । हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन्। ‘हिन्दु राज्य हुँदा नेपाललाई ठूलो फाइदा छ’, नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सय करोडभन्दा बढी हिन्दू आबादी भएको भारतका बासिन्दा पनि यही चाहन्छन्।’

 

हिन्दू राज्य बनाउन सके विश्वमा नेपालले आफ्नो अस्तित्व अलग्गै बनाउन सक्ने उनको भनाइ छ। ‘नेपाललाई हिन्दू राज्य बनाउँदा यसको आफ्नै छुट्टै पहिचान बन्न सक्छ,’ उनले भने, ‘बेलायतले हामीलाई सेक्युलर ९धर्म निरपेक्ष० बनायो। बेलायतका प्रधानमन्त्री वा कुनै पनि पदाधिकारीले बाइबल छोएर शपथ लिन्छन्। तर त्यही सेक्युलारिज्ममा हामीलाई गीता छोएर शपथ खान दिइन्नँ।’ नेपालको सिमाना जोडिएको राज्यका मुख्यमन्त्री आदित्यनाथले हिन्दू राज्यको वकालत गर्दै आएका छन्।

 

भारतका बहुसंख्यक हिन्दू धर्मावलम्बी पशुपतिनाथ मन्दिर र मुक्तिनाथमाथि ठूलो आस्था राख्ने भन्दै नेपालले धार्मिक पर्यटनबाट ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ। ‘दक्षिण भारतका हिन्दू मुक्ति प्राप्त हुने विश्वासमा मुक्तिनाथ मन्दिर जान्छन्’, उनले भने, ‘हामीकहाँ पशुपतिनाथ मन्दिर जानैपर्ने धार्मिक मान्यता पनि छ।’ योगी आदित्यनाथको वास्तविक नाम अजय सिंह विष्ट हो। उत्तराखण्डका योगीले गढवाल युनिभर्सिटीबाट बीएससीसम्मको अध्ययन पूरा गरेका थिए। गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथले उनलाई दीक्षा दिएर योगी बनाएका थिए। अन्नपूर्णपोस्ट दैनिकमा पवन तिमिल्सिनाले समाचार  लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...