विदेशी पत्रकारले नेपालमा खिचेको १५ सेकेन्डको यो भिडियो विश्वभर भाईरल (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय सामाजिक सञ्जालहरुमा एउटा भिडियो भाइरल भैरहेको छ । जुन भिडियो एक जना विदेशी पत्रकारले नेपालमा खिचेकी हुन् । प्लेब्वाइ र जिक्यु जस्ता चर्चित पत्रिकामा काम गरिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटनले खिचेको १५ सेकेन्डको उक्त भिडियोलाई अहिलेसम्म २ करोड ५५ लाख भन्दा बढीले हेरिसकेका छन् ।

पत्रकार कम्पटनले ट्विटरमा राखेको उक्त भिडियोलाई ६१ हजार भन्दा बढिले रिट्विट गरेका छन् भने १ लाख ५७ हजार भन्दा बढिले लाइक गरेका छन् । काठमाडौँको सोह्रखुट्टेमा खिचिएको उक्त भिडियोमा एउटा कुकुरले मालिकको हात समाएर दुई खुट्टा टेकेर बाटो काटेको देख्न सकिन्छ । उनले भिडियो खिच्दा कुकुरले चार खुट्टा नै टेकिरहेको हुन्छ ।

कुकुरलाई मालिकले हात दिन्छन् । कुकुर दुई खुट्टामा उभिन्छ । मालिकले हात समातेर बाटोको एक छेउबाट अर्को छेउ पुग्छन् । ठ्याक्कै बच्चाको हात समातेर बाटो काटेको जस्तै । प्लेब्वाइ, डिपार्चस म्यागेजिन, जिक्यु म्यागेजनिमा बाइलाइन छापिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटन अहिले काठमाडौँमा छिन् । मैले देखेको जीवनकै अनौठो १५ सेकेन्डको दृश्य लेख्दै एउटा भिडियो उनले ट्विट गरेकी छिन्। हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...