पत्नीलार्ई नायिका बनाउन खोज्दा ऋषि धमला टाट ।।। यसरी उड्यो धमलाको करोडौं सम्पति



 

 

चर्चित पत्रकार ऋषि धमलाले आफ्नी पत्नीलार्ई नायिका बनाउन चलचित्रमा लगानी गरेको देखियो । पत्रकार धमलाले आफ्नी पत्नी एलिजा धमलालार्ई नायिका बनाउन करोडौँ रुपैयाँ खर्च गरी चलचित्र अनुरागको निर्माण गरे । तर, चलचित्र व्यापारको हिसाबले असफल भयो । उक्त चलचित्र सिनेमा हलमा कहिले लाग्यो, कहिले बाहिरियो भन्नेसम्म दर्शकहरूले थाहा पाइएनन् । नायिका धमला पनि चलचित्र अनुरागपछि अरू चलचित्रमा देखापरेकी छैनन् ।

चलचित्र क्षेत्रलार्ई उद्योग र व्यापार व्यवसायको रूपमा लिने गरीन्छ । तर, नेपालमा कतिपयले चलचित्र निर्माणलार्ई रहर र सोखको रूपमा पनि लिने गरेको पाइन्छ । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा आफन्तलार्ई कलाकार बनाउन नायक÷नायिका बनाउन निर्देशक बनाउन चलचित्रमा प्रवेश गराउनका लागि लगानी गर्ने प्रवृति बढ्दै गएको छ ।

चर्चित पत्रकार ऋषि धमलाले आफ्नी पत्नीलार्ई नायिका बनाउन चलचित्रमा लगानी गरेको देखियो । पत्रकार धमलाले आफ्नी पत्नी एलिजा धमलालार्ई नायिका बनाउन करोडौँ रुपैयाँ खर्च गरी चलचित्र अनुरागको निर्माण गरे । तर, चलचित्र व्यापारको हिसाबले असफल भयो । उक्त चलचित्र सिनेमा हलमा कहिले लाग्यो, कहिले बाहिरियो भन्नेसम्म दर्शकहरूले थाहा पाइएनन् । नायिका धमला पनि चलचित्र अनुरागपछि अरू चलचित्रमा देखा परेकि छैनन् ।

नेपाली चलचित्र क्षेत्रमा आफ्ना पत्नीका लागि आफन्तका लागि चलचित्रमा लगानी गर्ने पत्रकार ऋषि धमाला मात्र छैनन् । नेपाली चलचित्र क्षेत्रमा यस्ता धेरै निर्माताहरू छन् । विगत ४० को दशकका चर्चित नायक भुवन केसीले पनि आफ्नी पत्नी सुष्मिता केसीलार्ई नायिका बनाउन चलचित्र निर्माण गरेका थिए । नायक भुवन केसीले चलचित्र करोडपति निर्माण गरी आफ्नी पत्नी सुष्मिता केसीलार्ई नायिकामा डेब्यु गराएका थिए ।

नायिका सुष्मिता केसीलार्ई आफ्नो होम प्रडक्सनको चलचित्रमा मात्र अभिनय गर्ने नायिका भनेर पनि त्यसवेला चर्चा चल्ने गरेको थियो । विगत चालिसको दशकको लोकप्रिय एक्सन नायकको रूपमा चर्चित नायक शिव श्रेष्ठले पनि अफ्ना छोरा शक्ति श्रेष्ठलार्ई नायक बनाउन चलचित्रमा लगानी गरेका थिए । त्यसैगरी, विगत कि चर्चित नायिका निर्माता निर्देशक झरना थापाले पनि आफ्नी छोरी रेहाना थापालार्ई नायिका बनाउन चलचित्र ए मेरो हजर ३ को निर्माण गरेकी छन् ।

त्यसैगरी, हास्य कलाकार, टेलिभिनमा राता मकै उपनामले चर्चित कलाकार किरण केसीले पनि आफ्नो छोरा सुदन केसीलार्ई निर्देशक बनाउन चलचित्र दाल–भात–तरकारीको निर्माण गरे ।त्यसो त नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउड र हलिउड नातावादमा नै चलेको छ भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा मात्र नभई विगतमा पनि आफन्तका लागि चलचित्रमा लगानी नगरेका होइनन् ।

विगत चालिसको दशकमा नै आफ्ना छोरा विजय लामालार्ई नायक बनाउन हेम लामाले चलचित्र आदर्श नारी निर्माण तथा निर्देशन गरेका थिए । त्यसवेला नायक विजय लामालार्ई बाबुले बनाएको चलचित्रमा नायक भएको भनेर टिप्पणी गरीन्थ्यो । नेपाली चलचित्र निर्माण हुन थालेको पनि पाँच दशक भइसक्यो अहिलेसम्म पनि यस्तै प्रवृतिले निरन्तरता पाइरहेका छन् । आफन्तद्वारा प्रवेश गराइएका थप्रै कलाकारहरू नेपाली चलचित्र क्षेत्रमा छन् ।

नेपाली चलचित्र क्षेत्रमा २ दशकसम्म एकछत्र राज गरेका राजेश हमाललार्ई पनि मामा दीपक रायमाझीले सर्वप्रथम नायक बनाएका थिए । रायमाझीले चलचित्र युगदेखि युगसम्ममा राजेश हमाललाई नायकमा डेब्यु गराएका थिए । त्यसैगरी, दीपक रायमाझीले नै आफ्ना अर्का भाञ्जा किरणप्रताप केसीलार्ई चलचित्र प्रियसीको नायकमा डेब्यु गराएका थिए । किरणप्रताप केसी भने चलचित्रमा सफल हुन सकेनन् । नायक गजिट विष्टले पनि आफ्ना आठ वर्षका छोरा सौगाद विष्टलाई निर्देशक बनाउन चलचित्र निर्माण गरेका थिए ।

त्यसैगरी, आफ्ना भतिजा आर्यन अधिकारिलार्ई नायक बनाउन निर्देशक आकाश अधिकारीले चलचित्र निर्माण निर्देशन गरेका थिए । विगतमा थुप्रै चलचित्र निमाण गरीसकेका निर्माता शेखर कोइरालाले पनि आफ्नो छोरा संयोग कोइरालालार्ई चलचित्रको नायकमा डेब्यु गराएका थिए । त्यसो त आफैले लगानी गरी चलचित्रमा नायकक बनेकाहरू पनि नभएका होइनन् नेपाली चलचित्र क्षेत्रमा ।

आफ्नी छोरीलाई नायिका बनाउन सुशीला रायमाझीले खलनायक पवन मैनालीसँग मिलेर चलचित्र निर्माण गरेकी थिइन् । उनले चलचित्र पिँजडामा आफ्नी छोरी प्रसिद्धिका रायमाझीलाई नायिकामा डेब्यु गरेकी थिइन् ।
नायिका प्रसिद्धिका रायमाझी पिँजडापछि चलचित्र धनवानमा नायिका भएर अभिनय गरेपछि चलचित्र क्षेत्रबाट नै हराइन् ।

आफन्तले निर्माण गरेको चलचित्रमा अभिनय गरेका र आफन्तले लगानी गरी चलचित्रमा प्रवेश पाएका धेरैजसो कलाकारहरूले चलचित्रमा निरन्तरता भने दिन सकेका छैनन् । यस्ता धेरैजसो कलाकारहरू एक २ चलचित्रमा मात्रै सीमित भएको देखिएको छ ।

आफन्तले चलचित्रमा कलाकार बनाएका कलाकारहरूमा चलचित्र कस्तुरीका नायक अजय शेखर, चलचित्र आँधीबेरीका नायक विनोद खरेल, चलचित्र १६ वर्षे जोवनकी नायिका ईश्वरी प्रधान चलचित्र सक्कली नक्कलकी नायिका नूतन प्रधान, चलचित्र लाहुरेको नायक श्रवण घिमिरे, चलचित्र समयके नायक बिकी मल्ल, चलचित्र नथिंग इम्पोसिबलका नायक जर्जी खड्गी, चलचित्र के भो लौन नि कि नायिका अनुपमा प्रसाईं, कोइराला चलचित्र टिचरकी नायिका सलिना बस्नेत, चलचित्र सो सिम्पलकी नायिका भावना रेग्मी आदि छन् ।

उनीहरू अहिले हराइसकेका छन् । आफन्त हुनेहरूले सजिलै चलचित्रमा प्रवेश पाउन सक्छन् । चलचित्र निर्माण निर्देशन गरिरहेका आफन्त हुनेहरूका लागि चलचित्रमा प्रवेश गर्न त्यति गाह्रो छैन । तर, आफन्त नहुनेहरूका लागि भने आफूसँग प्रतिभा सन्दरता अभिनय क्षमता तालिम भए पनि पनि चलचित्रमा प्रवेश गर्नका लागि सघर्ष गर्नपर्ने हुन्छ ।

यसकारणले पनि चलचित्रमा प्रवेश गर्नका लागि आफैले लगानी गर्ने गरीएको होला । चलचित्रमा आफन्तहरू नहुने र चलचित्रमा लगानी गर्न नसक्नेहरूका लागि त चलचित्रमा नायिका बन्नका लागि निर्माता निर्देशकहरूसँग सम्झौता गर्नपर्छ भन्ने टिप्पणी पनि चलचित्र क्षेत्रमा हुनेगरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्