८ नेता यसरी भिडदैछन नेकपा स्कुल विभागमा, ईश्वर पोखरेललाई दिने गोप्य तयारी

हाम्रो इकोनोमि

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन बुधबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकाले मंगलबार बस्ने भनिएको बैठक बुधबार सरेको हो ।

सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने बताइएको छ । पौडेलले यसबीचमा स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव संकलन गरेका छन् ।

सकेसम्म रुचिअनुसारकै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार हुने महासचिव पौडेलले बताएका छन् । स्थायी कमिटी सदस्यहरुलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी भइरहेको छ । जुनियर केन्द्रीय सदस्यहरुलाई विभागको उपप्रमुख तथा जनसंगठनको सह-इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ ।

स्रोतका अनुसार किसान महासंघ, युवा संघ, अनेरास्ववियू, महिला संघ, मजदूर संगठन जस्ता ठूला जनसंगठनको इञ्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले महासचिव पौडेललाई सुझाव दिएका छन् । पौडेलले सो सुझाव अध्यक्षद्वय ओली र प्रचण्डलाई सुनाइदिएका छन् ।

ती जनसंगठनका संयोजकहरु पार्टीका केन्द्रीय सदस्य तथा सचिवालय तहसम्मका नेताहरु रहेकाले इञ्चार्ज माथिल्लो तहबाट पठाउनुपर्ने बाध्यतासमेत छ । नेकपा स्रोतका अनुसार संगठन विभाग, स्कूल विभागलगायतमा स्थायी कमिटी सदस्यलाई उपप्रमुखसमेत बनाउने सम्भावना छ ।

विशेष गरी केन्द्रीय सचिवालय सदस्य प्रमुख रहेका विभागमा स्थायी कमिटी सदस्यलाई उपप्रमुख बनाउन सकिने नेकपा स्रोतले जनाएको छ । तर बेदुराम भुसाल, टोपबहादुर रायमाझीलगायतका धेरै स्थायी कमिटी सदस्यहरुले सचिवालय सदस्यलाई विभागको जिम्मेवारीमा सीमित नगर्न सुझाव दिएका छन् ।

स्कुल विभागमा ८ को दाबी

यसैबीच नेकपामा स्कुल विभाग प्रमुखको दावी गर्ने नेताहरुको संख्या बढेको छ । यसअघि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबीका कारण टुंगिन नसकेको सो विभागमा झलनाथ खनालले पनि दाबी गरेका थिए । उनले आफूलाई स्कुल विभाग प्रमुख बनाइए जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

यता स्थायी कमिटीमा पनि करिब आधा दर्जन नेताहरुले स्कुल विभाग प्रमुखमा दाबी गरेका छन् । महासचिव पौडेलले संकलन गरेको मौखिक तथा लिखित सुझावका क्रममा युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले स्कुल विभाग प्रमुखमा रुचि देखाएका हुन् ।

यीमध्ये युवराज ज्ञवाली र बेदुराम भुसाल यसअघि नै तत्कालीन एमालेमा स्कुल विभाग प्रमुख भइसकेका नेता हुन् भने घनश्याम भुसाल तत्कालीन एमालेको स्कुल विभाग उपप्रमुख भइसकेका हुन् । माओवादीमा स्कुल विभागको अभ्यास नभए पनि कार्की र पौडेल वैचारिक नेता मानिन्छन् । उता २ अध्यक्षबीच ईश्वर पोखरेललाइ स्कुल विभाग दिने गोप्य तयारी भैरहेको स्रोतको दाबी छ ।

ओलीले थाले परामर्श

पार्टीमा विभाग प्रमुखहरुको टुंगो लगाउनुअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुसँग परामर्श थालेका छन् । अध्यक्ष प्रचण्डसहित माधव नेपाल, महासचिव विष्णु पौडेल र बामदेव गौतमलगायतका नेताहरुसँग ओलीले परामर्श थालेको बताइएको छ ।

विभाग प्रमुख र अन्य कार्य विभाजन टुंगो लगाउनुअघि पोलिटब्युरो गठन गर्न माधव नेपाल पक्षले अध्यक्षद्वय ओली र प्रचण्डलाई दबाव दिएको छ । पोलिटव्युरो गठनपछि मात्र पार्टीमा कार्यविभाजन गर्दा वरिष्ठता कायम हुने भएकाले यो माग गरिएको नेपालनिकट एक नेताले बताए ।

दुवै अध्यक्षले मंगलबार दिनभर आन्तरिक छलफल गरेपछि बुधवार सचिवालय बैठकले जिम्मेवारी बाँडफाँट टुंगो लगाउने छ । नेकपाले राजधानी विशेष प्रदेश कमिटी र प्रवास कमिटीसमेत गठन गर्ने भएको छ ।

र नारायणकाजी श्रेष्ठको दाबीका कारण टुंगिन नसकेको सो विभागमा झलनाथ खनालले पनि दाबी गरेका थिए । उनले आफूलाई स्कुल विभाग प्रमुख बनाइए जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

यता स्थायी कमिटीमा पनि करिब आधा दर्जन नेताहरुले स्कुल विभाग प्रमुखमा दाबी गरेका छन् । महासचिव पौडेलले संकलन गरेको मौखिक तथा लिखित सुझावका क्रममा युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले स्कुल विभाग प्रमुखमा रुचि देखाएका हुन् ।

यीमध्ये युवराज ज्ञवाली र बेदुराम भुसाल यसअघि नै तत्कालीन एमालेमा स्कुल विभाग प्रमुख भइसकेका नेता हुन् भने घनश्याम भुसाल तत्कालीन एमालेको स्कुल विभाग उपप्रमुख भइसकेका हुन् । माओवादीमा स्कुल विभागको अभ्यास नभए पनि कार्की र पौडेल वैचारिक नेता मानिन्छन् ।

ओलीले थाले परामर्श

पार्टीमा विभाग प्रमुखहरुको टुंगो लगाउनुअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुसँग परामर्श थालेका छन् । अध्यक्ष प्रचण्डसहित माधव नेपाल, महासचिव विष्णु पौडेल र बामदेव गौतमलगायतका नेताहरुसँग ओलीले परामर्श थालेको बताइएको छ ।

विभाग प्रमुख र अन्य कार्य विभाजन टुंगो लगाउनुअघि पोलिटब्युरो गठन गर्न माधव नेपाल पक्षले अध्यक्षद्वय ओली र प्रचण्डलाई दबाव दिएको छ । पोलिटव्युरो गठनपछि मात्र पार्टीमा कार्यविभाजन गर्दा वरिष्ठता कायम हुने भएकाले यो माग गरिएको नेपालनिकट एक नेताले बताए ।

दुवै अध्यक्षले मंगलबार दिनभर आन्तरिक छलफल गरेपछि बुधवार सचिवालय बैठकले जिम्मेवारी बाँडफाँट टुंगो लगाउने छ । नेकपाले राजधानी विशेष प्रदेश कमिटी र प्रवास कमिटीसमेत गठन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...