स्वर्गिय पति श्रीकृष्णको यादमा श्वेताले लेखिन यस्तो भावुक सन्देश ? [पढ्ने सबैंको आँखा रसायो]



 

श्वेता खड्का र श्रीकृष्ण श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा कुनै बेलाको चर्चित जोडी थियो । उनीहरुले विवाह पनि गरे तर सम्बन्ध लामो समय टिक्न सकेन । विवाह भएको केही महिनाको अन्तरालमा नै श्वेताले आफ्ना पति श्रीकृष्णलाई गुमाउनुपर्यो । नेपाली समाजमा एकल महिलाको रुपमा वस्न उनलाई अहिले पनि सहज छैन तर उनले परिवारको सहयोगले एकल जीवन बाँच्दै आइरहेकी छिन् । पछिल्लो समय समाजसेवामा लागेकी उनलाई समयसमयमा अनेक आरोप लगाउने गरिएको छ । यस बीचमा उनले आरोप लगाउनेहरुका लागि एक भावुक सन्देश लेखेकी छिन् ।

 

यस्तो छ उनको सन्देश

मैले के गुमाए र के पाएँ त्यस्को हिसाबकिताव गर्ने हो भने यो उमेरसम्म आईपुग्दा जती पाएको छु त्यो भन्दा धेरै कुरा गुमाएको छु । सबैभन्दा सर्वश्रेस्ठ कुरा, मैले मेरो आत्मिय ब्यक्ती गुमाएको छु जस्को भर्पाइ कुनै धन सम्पत्ती वा सफलताले गर्न सक्नेछैन । मेरा प्रेमी, पती, मित्र र अबिभावकको भूमिका निर्वाह गरेर मलाई सिनेमाको जगतमा पाइला चाल्न सिकाउने ति ब्यक्ती जस्लाई मैले भौतिक रुपमा सदासदाको लागि गुमाएको मेरो जिन्दगीको सबैभन्दा कालो त्यो दिनलाई सम्झनमा भन्दा पनि बिर्सन चाहन्छु तर कुनै कुनै माध्यमबाट त्यो कालोदिनलाई सम्झाइदिने अनी खाटो बस्न लागेको घाऊमा नुनचुक छरीदिने प्रयासहरु भईनै रहन्छन ।

 

श्वेता खड्काले हाँस्नु हुँदैन, श्वेता खड्का आँशुमानै डुबेर बस्नु पर्छ भन्नेहरुको जमात पनि राम्रै देखेको छु तर त्यो जमातलाई थाहा छैन, पिँडा दबाएर हाँस्न कती कठिन छ भनेर । उहाँले भौतिक रुपमा संसारबाट बिदालिएको त्यो दिनमा धार्मिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै तिथी अनुसार (न की गते अनुसार)कर्मकाण्डको बिधी पुरा गर्ने गरेका छौ । अतःयस्पाली उहाँको ५ औ पुण्य तिथी आगामी २९ गते परेको छ, जनै पुर्णिमाको एक दिन अगाडि ।

 

आफ्नो आत्मिय मान्छेलाई सम्झन कुनै बिशेष अवसर या दिन चाहिदैन । म त उहाँलाई हरेक पल, हरेक क्षण र हरेक दिन सम्झिरहेको हुन्छु । धार्मिक रितिरिवाज र परम्परालाई आत्मसाथ गर्ने कुरा भने अलग रह्यो जस्लाई तिथी अनुसार नै कर्मकाण्ड गर्ने प्रचलन छ । तर वास्तविक कुरा नबुझी कसैको भावनामा ठेस लाग्ने खालका समाचार बनाएर सम्प्रेशण गरिनु कहाँ सम्मको जायज हो ?

 

च–क्कु, खु–कुरी तलवार र काँडाहरु भन्दा पनि तिखो धार भनेको शब्दहरु नै हुन । हति–यारको धारले शरीरमा चोट पुर्‍याउँछ जस्को उपचार पनि सजह छ तर शब्दको धारले सिधै मन र मस्तिस्कमा चोट पुर्‍याउँछ, जस्को उपचार कठिन छ । कलमको माध्यमद्वारा शब्द कोरिरहँदा त्यो शब्दले कस्लाई र कुन हदसम्म प्रहार गर्छ भनेर नसोच्नु कती सम्मको लापर्वाही होला ! यसरी बुझ्दै नबुझी समाचार प्रकाशित गर्दा कस्को मनमा के चोट पर्छ भन्ने ख्याल नगर्नु र जस्को बारेमा समाचार बनाएको हो त्यो ब्यक्तिसंग कुनै किसिमको संवाद, छलफल वा सत्यतथ्य के हो त्यस्को खोजतलास नगरि हचुवाको भरमा समाचार लेख्नुलाई कस्तो किसिमको पत्रकारिता भन्ने ? कसैको भावनासंग खेल्ने अधिकार कोही कसैलाई छैन ।

 

मैले मेरा स्वर्गिय पतिलाई गर्ने मायाको मापन कुनै एउटा पत्रकारको कलम ले कसरी गर्न सक्छ ? जो ब्यक्ती आफ्नो मुटुमा बसेको हुन्छ त्यो ब्यक्तिलाई भुल्न चाहेर पनि भुल्न सकिदैन । चोखो मायालाई न त भुल्न सकिन्छ न त त्याग्न नै ! मैले मेरा पतिबाट प्राप्त गरेको असिम मायालाई यो जनममा त पक्कै भुल्न सक्ने छैन किनकी हाम्रो माया अटुट छ, चोखो छ अनी निस्वार्थ छ ।

 

माया र सम्झनाको तौल हुँदैन, आकार हुँदैन अनी सिमा पनि हुँदैन । मेरा स्वर्गिय पती प्रतिको मेरो प्रेम बुझ्नलाई कोमल हृदय चाहिन्छ । मायाको अर्थ बुझ्नेहरुले मात्र मेरो भावनालाई बुझ्न सक्छन । अतः मेरो मुटुमा बाँचिरहेका, मेरो ओंठमा हाँसिरहेका, मेरो हरेक पाइलाहरुमा छाया बनेर मसंगै हिंडिरहेका अनी मेरा हरेक सफलताहरुमा रमाइरहेका मेरो जीवनसाथी अझै पनि मेरो मन र मस्तिस्कमा जिवितै छन् र सदा सदा जिवित रहनेछन ।

 

माया र प्रेमलाई औपचारिकताको माध्यमबाटै सबै सामु दर्शाउनु पर्छ भन्ने सोचलाई म कदापी मान्दिन । प्रेमका बनावटी शब्दहरु कोरेर कृतिम आत्मियता दर्शाउनेहरुले यदी श्रीदादालाई साँच्चिकै माया गर्छन् भने उनै दादाको नाममा बनिरहेको माझी बस्तीमा जाउन र आफुले सकेको सहयोग गरेर उहाँप्रती संच्चा श्रद्दान्जली दिउन । हैन भने मनगढन्ते कथा रचेर कसैको प्रेम, भावना र विश्वाश माथि खेल्ने अधिकार कोही कसैलाई पनि छैन ।

 

यतिखेर म मेरो स्वर्गिय पतीको सम्झनामा स्थापित श्वेताश्री फाउण्डेसन मार्फत बनिरहेको माझी बस्तिको लागि आर्थिक स्रोत जुटाउन बेल्जियम आईपुगेको छु तर मेरो अनुपास्थितिमा केही अनलाईन मिडिया मार्फत म र मेरो स्वर्गिय पती बिचको प्रेमलाई ‘जोक’ बनाउने प्रयास गरेको पाएँ कृपया यस्तो घिनलाग्दो खेल नखेलीदिनु हुन म हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्