साहो’ ट्रेलरमा प्रभास र श्रद्धाको खतरनाक एक्सन



हाम्रो इकोनोमि

 

बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बाहुबली स्टार प्रभास र नायिका श्रद्धा कपूरको एक्सन अवतारलाई देखाइएको छ । एक्सनको साथै उनीहरुको रोमान्सलाई पनि प्रस्तुत गरिएको छ ।

यो फिल्म बलिउडकै सबैभन्दा ठूलो एक्सन फिल्म हो । फिल्ममा एक्सन, स्टन्ट, सस्पेन्स र रोमान्स प्रस्तुत गरिएको छ ।

भारु साढे ३ अर्ब बजेटमा बनेको फिल्म झन्डै दुई वर्ष लगाएर तयार पारिएको हो ।

मल्टिस्टारर फिल्ममा प्रभास र श्रद्धासँगै नील नितिन मुकेश, अरुण विजय, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, मुरली शर्मा लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट प्रभास बलिउडमा डेब्यु गरेका छन् ।

सुजितले निर्देशन गरेको फिल्म हिन्दी, तमिल, तेलगु र मलयालम चार भाषामा रिलिज गरिने छ । यो फिल्म अगस्त ३० अर्थात भदौ १३ गते देखि रिलिज हुँदैछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...