साहो’ ट्रेलरमा प्रभास र श्रद्धाको खतरनाक एक्सन



हाम्रो इकोनोमि

 

बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बाहुबली स्टार प्रभास र नायिका श्रद्धा कपूरको एक्सन अवतारलाई देखाइएको छ । एक्सनको साथै उनीहरुको रोमान्सलाई पनि प्रस्तुत गरिएको छ ।

यो फिल्म बलिउडकै सबैभन्दा ठूलो एक्सन फिल्म हो । फिल्ममा एक्सन, स्टन्ट, सस्पेन्स र रोमान्स प्रस्तुत गरिएको छ ।

भारु साढे ३ अर्ब बजेटमा बनेको फिल्म झन्डै दुई वर्ष लगाएर तयार पारिएको हो ।

मल्टिस्टारर फिल्ममा प्रभास र श्रद्धासँगै नील नितिन मुकेश, अरुण विजय, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, मुरली शर्मा लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट प्रभास बलिउडमा डेब्यु गरेका छन् ।

सुजितले निर्देशन गरेको फिल्म हिन्दी, तमिल, तेलगु र मलयालम चार भाषामा रिलिज गरिने छ । यो फिल्म अगस्त ३० अर्थात भदौ १३ गते देखि रिलिज हुँदैछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...