‘दिपशिखाले अनुशासन र मर्यादा सिकाउने ? विचरा !’



हाम्रो इकोनोमि

 

सैद्धान्तिक बहसमा उत्रिने केन्द्रीय सदस्य सूर्य थापामाथि राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले चुनौति दिएपछि सत्तारुढ नेकपाको विवाद सतहमा देखिएको छ ।

केही दिन अघि आफू अर्धपागल भएकैले विद्रोह गरेको, सो कालमा आफूले एक चड्कन पनि नभेटेको भन्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यमा थापाले टिप्पणी गरेपछि सापकोटाले थापालाई अनुशासनको विषय सिकाउन खोजेका थिए ।

त्यसको प्रत्युत्तरमा थापाले लेखेका छन्,‘दिपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हास्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा !’

‘आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो’, थापाले प्रचण्डको वक्तव्यमा टिप्पणी गर्दै लेखेका थिए,‘म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै ! मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ ।’

यसैको प्रत्युत्तरमा सापकोटाले अनुशासनको पाठ पढाउन खोजेको थापाको बुझाई छ । व्यंग्यात्मक शैलीमा थापाले जोडेका थिए,‘हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ? विगतसँग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि ! आजको क्रान्तिकारी तरंग र मनोदशा ।’

यसकै उत्तरमा सापकोटाले ‘पार्टी नेतृत्वको विरोध गर्ने भए थापाले पद त्याग गर्न र यस्ता चिज फस्टाउने भए पेशा बनाउन भनेका थिए ।’ सापकोटालाई यसैको उत्तरमा झटारो हान्दै थापाले ‘विचरा’को संज्ञा दिएका हुन् ।

खुमलटार धाएका कारण सापकोटालाई जबरजस्ती युवाको संयोजकमा स्वीकार गरिएको थियो । त्यसैबेला सरकारको आलोचना गर्दै हिँडेका कारण प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सापकोटाले युवा संघको नेतृत्व सम्हाल्न नसक्ने अडान लिएका थिए ।

तर वर्गीय संगठनको संयोजक पद पाउनका लागि दिपशिखाले प्रधानमन्त्री ओलीसँग आत्माआलोचना गरेको चर्चा थियो । लिखित प्रतिबद्धता नै जनाएपछि उक्त पदमा ओलीले स्वीकार गरेको चर्चा पनि चलेको थियो ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...