सर्वप्रिय राजा वीरेन्द्रको वंशनाश गर्नेको नामै तोकियो, हेर्नुहोस् अब के हुन्छ ?



हाम्रो इकोनोमि

 

तत्कालीन राजा वीरेन्द्रको वंशनाश अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे एक अमेरिकी म्यागाजिनले दाबी गरेको छ ।

अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली रिभ्युले यस्तो दाबी गरेको हो । वेन म्याडसेनले ’कम्यारिजन विटविन रिसेन्ट युएस ब्याक्ड कुप्स स् कराकस एन्ड काठमाडौं’ शीर्षकमा लामो फिचर लेख्दै यस्तो खुलासा गरेका हुन् ।

अमेरिकाले तत्कालीन भेनेजुयलाका राष्ट्रपति ह्युगो साबेज र नेपालका राजा वीरेन्द्रलाई सिध्याउन एकैखाले रणनीति अपानाएको फिचरमा लेखिएको छ । त्यो रणनीति भेनेजुयेलामा असफल र तर नेपालमा सफल भएको फिचरमा लेखिएको छ ।

विपत् तालिमका नाममा सिआइएको वीरेन्द्रको वंशनाश अभियान

तत्कालीन युद्धरत माओवादीसँग वार्ताका पक्षधर र भारतविरोधी राष्ट्रवादी भएकाले वीरेन्द्रको वंशनाश रअसँग मिलेर अमेरिकाको गुप्तचर सिआइएले गरेको म्यागाजिनले लेखेको छ ।

मन्थ्ली रिभ्युका अनुसार दरबार हत्याकाण्ड हुनुभन्दा केही महिनाअगाडि नेपालमा सिआइएले एक कार्यालय स्थापना गर्‍यो । यो कार्यालय स्थापनासँगै अमेरिकाबाट अमेरिकी सेनाका स्पेसन अपरेसन्स फोर्सेसका सदस्य नेपाल आएका थिए । उनीहरुले ‘बेली नाइन्टिगेल वान’ नामक गोप्य अभ्यास गर्न थाले ।

अभ्यासलाई वैधता दिन भूकम्प विपत् तालिमको नाम दिइएको म्यागाजिनले लेखेको छ । अभ्यास टिममा अमेरिकाको मनोवैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने साइकोलो अपरेसन्सका सदस्य पनि सहभागी थिए । यही साइकोलोजिकल टिमले नै दरबार हत्याकाण्ड राजकुमारबाट भएको भनेर विश्वभर हौवा फिँजाएको म्यागाजिनले लेखेको छ ।

सुरुमा तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले स्वाचालित हतियार आफैं पड्केर परिवार सकिएको र पछि दीपेन्द्रको प्रेम सम्बन्धले परिवारमा आएको खटपटले परिवारको हत्या गरे भनेर हल्ला गर्नुमा साइकोलोजिकल टिमको डिजाइन भएको म्यागाजिनले लेखेको छ ।

दरबार हत्याकाण्डपछि वीरेन्द्र परिवारको लास उठाउन अमेरिकाका तत्कालीन प्यासिफिक कमान्डर डेनिस ब्लेरको नेतृत्वमा तालिम दिएका नेपाली सैनिक कमान्डोले काम गरेको म्यागाजिनमा लेखिएको छ ।

ब्लेरकै सहयोगमा इस्ट टिमोरमा पनि सैनिक कु भएको म्यागाजिनले लेखेको छ । यो सबै योजना सिआइएका तत्कालीन निर्देशक जर्ज टिनेटले गरेको म्यागाजिनले लेखेको छ ।

‘ज्ञानेन्द्र सिआइएका सहयोगी थिए’

दरबार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्र शाह अमेरिकी गुप्तचर निकाय सिआइएका सहयोगी भएको म्यागाजिनले दाबी गरेको छ ।

रिचर्ड निक्सन र जेनेरल फोर्ड राष्ट्रपति हुँदा अमेरिकाकाले विदेश सचिव र रक्षा सल्लाहकार रहेका हेन्री किसिन्जरसँग ज्ञानेन्द्रको सम्बन्ध भएको पिचरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जेनेरल फोर्ड प्रशासन र किसिन्जरसँग ज्ञानेन्द्रको सन् १९७० देखिकै सम्बन्ध भएको म्यागाजिनले लेखेको छ । दरबार हत्याकाण्डको डिजाइनमा बनाइएको महाराजगन्जस्थित सिआइएको अफिस पनि ज्ञानेन्द्रको आवास नजिक भएको दाबी गरिएकोे छ ।

दरबार हत्याकाण्डका दिन भेला भएका वीरेन्द्र परिवारसँगै उपस्थित ज्ञानेन्द्रका छोरा पारसलाई केही नहुनु तर अरुको वंशनाश हुनु रहस्य भएको म्यागाजिनले लेखेको छ । वेन म्याडसेनले सन् २००२ को सेप्टेम्बर २१ मा उक्त फिचर लेखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...