प्रतीक्षित तथा सर्वोत्कृष्ट रेडमी के२० सिरिज नेपाली बजारमा



हाम्रो इकोनोमि

 

 

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन–रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ । रेडमी के२० र रेडमी के२० प्रो ले फ्ल्यागसिपको प्रतिज्ञा गर्दै दुवै उपकरणमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने आधुनिक प्रविधि ल्याएको छ । दुवै रेडमी के२० र रेडमी के २० प्रोमा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस AMOLED होरिजन डिस्प्ले रहेको छ ।

 

२० एमपी पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के२० सिरिजमा स्क्रीन देखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९ प्रतिशत रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो । होरिजन AMOLED डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ । रेडमी के२० सिरिजमा सुन्दर औरा प्राइम शैलीको प्रयोग गरिएको छ, जसले एकै समयमा कार्यक्षमता कायम राख्दै यसलाई असाधारण रुपले सुन्दर बनाएको छ । उद्योगमै पहिलो पटक रेडमी के२० ले फायर एण्ड आईसबाट प्रेरित भएर ग्लेशियर ब्लू, फ्लेम रेड र कार्बन ब्लाक कलर भेरियन्टमा फोनहरु उपलब्ध गराएको छ ।

 

एस्थेटिक्स डिपार्टमेन्ट एलईडी नोटीफिकेसन पल्सेट गरेर पूर्ण हुन्छ जुन पप–अप क्यामेरा संयन्त्रको (कम्तिमा ३००,००० पटक काम गर्न परिक्षण गरिएको) शिर्षमा क्यामेरा मोड्यूलको वरपर स्टाइलिस हलो रिंगका साथ रहेको छ । रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ । यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ, र निरन्तर प्रयोगको बावजुत पनि यसको ब्याट्री दुई दिनसम्म आनन्दले टिक्छ । दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ ।

 

रेडमी के२० उच्च गुणस्तरीय रहेको छ, न्यानो–कोटिङले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ साथै दुवै फोनको अघिल्लो तथा पछिल्लो भागमा रहेको कर्निंग गोरिला ग्लास ५ ले यसलाई टिकाउ, दिगो र सुन्दर बनाएको छ । अन्य सहजज्ञ गुणस्तर सुधार अन्तर्गत यसले फोन खस्न लागेमा पप–अप क्यामेरा स्वचालित रुपमा रिट्रयाक्ट गर्दछ । यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, ‘हामी नेपालमा रेडमी के२० सिरिज भित्र्याउन पाउँदा निकै प्रसन्न छौं । रेडमी फ्ल्यागसिप सिरिजको रुपमा नेपालमा पहिलो रेडमी के२० तथा के२० प्रो ले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ ।

 

नयाँ पप–अप क्यामेराको साथै AMOLED स्क्रीन, इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर सहित यस फोनले एमआई फ्यानहरुलाई वास्तवमै सुलभ मूल्यमा उच्च गुणस्तरीय तथा अत्याधुनिक प्रविधि प्रदान गर्दछ । हामी एकदमै खुसी छौं कि एमआई फ्यानहरु र नेपालका सम्पूर्ण प्रयोगकर्ताले रेडमी के२० र रेडमी के२० प्रो मा क्वालकम स्न्यापड्रेगन ८५५ र क्वालकम स्न्यापड्रेगन ७३०को अनुभव लिन सक्नेछन् ।’ रेडमी के२० प्रो प्रयोगकर्ताको खुसीका लागि अटल फ्ल्यागसिप हो । यो क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्ल्याटफर्ममा आधारित पहिलो रेडमी फोन हो र यसमा विश्वकै सबैभन्दा तेज प्रोसेसर छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...