प्रवासी नेपालीलाई मन्त्रीको आग्रह : फेसबुकमा गाली गर्नुको साटो पर्यटक पठाउनुस्



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन् । विदेशमा बसेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए यो सम्भव हुने उनले बताए ।

लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन जाने क्रममा बुटवल आइपुगेका भट्टराईले विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काम गर्न आग्रह गरे ।

 

सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ?’, मन्त्री भट्टराईले भने, ‘बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् । यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं ।’

प्रधानमन्त्रीले आफूलाई पर्यटनमन्त्री नियुक्त गर्दा गौतमबुद्ध विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको स्मरण गर्दै भट्टराईले आउँदो डिसेम्बर अन्त्यसम्म विमानस्थल सञ्चालनमा आउने बताए । आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै उनले कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरे पनि आफूले नमानेको दाबी गरे ।

उनले निजगढ विमानस्थल २०१९ को अन्त्यसम्म शिलान्यास हुने दाबी गरेका छन् । ‘निजगढको जंगलभरि लाखौं मान्छे भरेर शिलान्यास गर्छौं’ मन्त्री भट्टराईले भने ।

सरकारले केही गरेन भन्ने चर्चा हुने गरे पनि सरकार सही दिशामा रहेको तर गति मात्र कम भएको उनले तर्क गरे । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले आउँदो चुनावसम्म पार्टी घाोषणापत्रका अधिकांश प्रतिवद्धता पूरा गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...