सोनाक्षी सिन्हा पक्राउ, यस्तो छ अपराध ?



हाम्रो इकोनोमि

 

बलिउड नायिका सोनाक्षी सिन्हाको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा उनको हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ । भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ ।

सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को हुँ ? मैले केही गरेको छैन, म निर्दोष छु ।’ सोनाक्षीको यो भिडियोले उनका प्रशंसक अलमल्लमा परेका छन् । कतिले सोनाक्षीलाई पक्राउ गरेको कुरा अविश्वसनीय भएको बताइरहेका छन् भने कतिले यो सोनाक्षीको फिल्मको प्रमोशनको तरिका बताएका छन् ।

भिडियोको वास्तविकताबारे अहिलेसम्म केही जानकारी उपलब्ध छैन । सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् ।

भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’ कामको कुरा गर्ने हो भने सोनाक्षीको फिल्म खानदानी शफाखाना भर्खरै रिलिज भएको छ । फिल्ममा उनीबाहेक बादशाह र वरुण शर्मा थिए ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...