मन्त्री भट्टराईले बनाए वायुसेवा निगम सुधार सुझाव कार्यदल, प्रेस विज्ञप्ति सहित



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल गठन गरेका छन् ।

यसको संयोजकमा पूर्वसचिव सुशील घिमिरे छन् । चार्टर एकाउन्टेन्छ प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडे, क्याप्टेन सुशीर शमशेर राई सदस्य छन् । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई मन्त्रीले सदस्यसचिव तोकेका छन् ।

निगमका विभिन्न पक्षको अवस्था, समस्या र सुधारका उपायसमेत पहिचान गरी एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ । सुझाव कार्यान्वयन कार्ययोजनासमेत पेस गर्न साउन २२ गते मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।

 

कार्यदल

संयोजक श्री सुशिल घिमिरे, पूर्व सचिव, नेपाल सरकार
सदस्य श्री सुवोध कुमार कर्ण, लेखा विज्ञ (चार्टर एकाउण्टेण्ट)
सदस्य श्री डिम प्रसाद पौडेल, व्यवस्थापन विज्ञ
सदस्य श्री सुधीर संशेर राई, क्याप्टेन
सदस्य सचिव श्री बुद्धिसागर लामिछाने, सहसचिव, सं.प. तथा ना.उ.मन्त्रालय

 

कार्यदलको कार्यजिम्मेवारी
नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने ।
नेपाल वायुसेवा निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने ।
निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवम् व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने ।
उल्लेखित सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्ने ।
निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...