प्रचण्डकी नातिनीको गीतमा काटुन क्रियुकी आश्माको हट अवतारले ततायो [भिडियोसहित]



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कता छौ’ को भिडियो बजार तताएको छ । चढेको गर्मीमा स्मिताको स्वरको गीतमा बनेको भिडियोले झनै तताएको हो । भिडियोमा काटुन क्रियुकी आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय देख्न सकिन्छ ।

 

गीतमा स्मितासँगै राजनराज शिवाकोटीले पनि स्वर दिएका छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । सेट लगाएर खिचिएको भिडियोमा वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाइएको छ । भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् ।

 

भिडियो छायाँकनका क्रममा ‘कार्टुन्ज क्रु’ की आश्मा विश्वकर्मा बेहोस हुँदा करिब ५ घण्टा अस्पतालमा राख्नुपरेको निर्देशक सरोज ओलीले जानकारी दिए । भिडियोमा गायिका स्मिता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी भिडियोमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...