गित गाएरै किने प्रकाश सपुतले काठमाडौंमा घर



हाम्रो इकोनोमि

 

पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतले काठमाडौंमा घर किनेका छन् । बाग्लुङ पुख्र्यौली घर भएका प्रकाशले आफ्नो गायन क्षेत्रबाटै आर्जन गरेको पैसाले काठमाडौंमा घर किनेका हुन् ।

उनले काठमाडौंमा घर किनेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।सातौं बैवाहिक वर्षगाठको उपलक्ष्यमा उनीहरू आफ्नै घरमा बसाई सरेका छन् । संगितकर्मबाट आर्जन गरेको आयबाट आफुले घर किनेको प्रकाशको भनाई छ । उनले भनेका छन्, ‘मैले यो बिचमा व्यवसायिक रुपमा अरु केहि काम गरिन र गर्न जानिन र गर्न सकिन । मेरो विशुद्ध सांगितिक कमाई भनुम न ।’

 

नयाँ घरमा बसाई सर्दै उनले अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । ‘शुरुका दिनमा आश्रय दिने, काम दिने, अवसर दिने, हौसला दिने, सहकार्य गर्ने, माया दिने देश विदेशका तपाई सप्पै सप्पैलाई धन्यबाद । मैले आफ्नो सपनालाई जुनसुकै परिस्थितिमा पनि विचलित हुन दिईन्, समयको सधै सदुपयोग गरे, संघर्ष प्रति समर्पित भए, काम प्रति ईमानदार र आर्थिक अनुशासनमा बसे’ उनले लेखेका छन् ।अब धेरै आर्थिक महत्वकांक्षा नरहेको उनको भनाई छ । ‘अब धेरै आर्थिक महत्वकांक्षा छैन ।

 

उसै पनि म स्थिर छैन । म स्वतन्त्र जिवन चाहन्छु। बाध्यताले होईन रहरले काम गर्न चाहन्छु । मनको सुन्न चाहन्छु । कसैसंग व्यवसायिक प्रतिस्पर्धा नगरौ भन्ने चाहान्छु । तर जिउनको लागि आधारभुत आवश्यकताहरु हुन्छन । त्यसमध्ये आफ्नै एउटा छानो जरुरी थियो । पुरा भयो’ उनको स्टाटसमा लेखिएको छ ।

 

‘मैले व्यक्तिको ईकोनोमिक स्टाटसलाई उसको व्यक्तित्वसँग जोडेर कहिले हेर्दिन । म त्यस्ता धेरै व्यक्तित्वहरुसँग प्रभावित छु जो आर्थिक रुपमा सधै साधारण नै रहे । अरु केहि बेसिक कुराहरुको व्यवस्थापन हुन यो वर्ष दौडनु नै पर्ला । अर्को वर्ष देखि म अझै बढि स्वतन्त्र हुनेछु ।

 

अझै साधारण । अझै फकिर । ज़िन्दगी सबैथोक पुगेर होईन जानेर जिउने हो’ उनले उल्लेख गरेका छन् ।‘हेर्नुन, अघिल्लो वर्ष हामीले ब्लायक कलर म्याच गरेर फोटो खिच्यौ यसपाली ह्वाईट । ठुलो कुरा होईननी रु तर यत्तिकै खुसी क्या । त्यसैले ज़िन्दगीमा खुसी हुने कन्सेप्टहरु बनाउनुस ।

 

यो पोस्ट बिन्दु जि र मेरो लभ सेलेब्रेटका लागि हो, मेरो जस्तै धरातलमा उभिएर सपना देख्नेहरुलाई प्रेरणा होस भन्नका लागि पनि हो र विशेष त तपाईहरुलाई धन्यबाद दिनको लागि हो’ नयाँ घरमा प्रवेश गरेका विभिन्न तस्बिरहरू सार्वजनिक गर्दै लेखेका छन् ।गलबन्दी, बोल माया, दोहारी ब्याटल जस्ता चर्चित गीतमार्फत चर्चामा आएका उनी यतिबेला सबैको मन मस्तिष्कमा बस्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...