राजेन्द्र महतोको प्रश्‍न : मेरो नागरिकता खारेज भएको हो ?



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले आफ्नो नागरिकता खारेज गरेको भनेर अनर्गल प्रचार गरिएको गुनासो गरेका छन्।

 

सोमबार बसको प्रतिनिधिसाको बैठकमा बोल्दै महतोले आफूविरुद्ध भ्रमको खेती सुरु गरिएको आरोप लगाए। ‘मेराविरुद्ध भ्रमको खेती सुुरु गरिएको छ, राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकता बदर गरिएको भनेर मन्त्री गोकुल बास्कोटामार्फत् व्यापक प्रचार भएको छ’, उनले भने, ह‘त्यो कुन राजेन्द्र महतो होरु सरकारले राष्ट्रियतासँग जोडिएको विषयमा र्साजनिक गर्दा राजेन्द्र महतो लगायत यति जनाको नागरिकता बदर गरिएको छ भनेर समाचार आउनु, राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोको नागरिकता बदर गरिएको छ।

 

यस्तो प्रचार किन गरियोरु’ चौतर्फी असफल भएको सरकारले राजेन्द्र महतोको राष्ट्रियतमथि प्रश्न उठाएको भन्दै उनले गम्भीर आपत्ति जनाए । ‘सरकारले को हो राजेन्द्र महतो किन प्रष्ट नखुलाएको हो। प्रष्टरुपमा सरकारले किन भन्न सकेनरु’, उनले भने, ‘गृहमन्त्रालयले राजपाको नेता राजेन्द्र महतो होइन भन्छ, गलत प्रचार गराएर गर्न खोजेको के हो ?’ उनले आफूलाई जस्तै सभामुख कृष्णबहादुर महरालाई महाडकैत भनेर आजीवन काराबास भनेको ठाउँमा के हुन्छ?’, उनले भने, ‘नाम मात्रै भनेर त्यो सञ्चारमाध्यममा यसरी आएको छ।

 

अर्को व्यक्तिसँग जोडेर गलत भएको छ। सञ्चारमाध्यम र सरकारले मेरो मानहानी गरे। सरकारले प्रष्ट भनोस्, सरकारले माफी मागोस, भ्रम नफैल्याओस्।’ महतोले वास्तविकता पत्ता नलगाइ भन्‍न नपाइने बताए। ‘चरित्र हत्या गर्न पाइँदैन’, उनले भने, ‘नाकाबन्दीको बेला पनि यस्तो देखेको थिएँ। यस्तो नगरियोस्।’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...