निर्मल निवास किन छिरे उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर ?



हाम्रो इकोनोमि

 

नेपालको मूलधारको राजनीतिक क्षेत्रले लगभग वहिष्कार गरेका पूर्व महाराजा ज्ञानेन्द्र शाहको महाराजगंजस्थित निर्मल निवासमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार सम्हाल्नु एक दिन अगाडि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले २०७६ साउन १७ गते शुक्रबार बिहान अचानक प्रवेश गरेको चर्चा छ ।

 

रक्षासचिव रेश्मीराज पाण्डेलाई साथमा लिएर पूर्व महाराजा ज्ञानेन्द्र शाहको आवास निर्मल निवास प्रवेश गरेका हालका कार्यवाहक प्रधानमन्त्री पोखरेलले त्यहाँ  लगभग डेढ घण्टा समय बिताएको हल्ला काठमाडौंमा ब्यापक छ ।

कुन प्रयोजनले रक्षा मन्त्रालयसमेत सम्हालेका उपप्रधानमन्त्री पोखरेल रक्षा सचिवसहित प्रवेश गरेर निर्मल निवासमा डेढ घण्टासम्म बसे भन्ने स्पष्ट नभएपनि यो घटनाले नेपालको राजनीतिक क्षेत्रमा चर्चा पाएको छ । स्मरण रहोस् पूर्व महाराजा ज्ञानेन्द्रको आवास रहेको निर्मल निवास ईश्वर पोखरेलको निर्वाचन क्षेत्र पनि पर्दछ ।

 

यो घटनाका सम्बन्धमा आधिकारिक पुष्टी भने कतैबाट भएको छैन । प्रहरीका उच्च अधिकृतहरु भने रक्षा मन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको थाहा छैन भन्छन् । रक्षा मन्त्री ईश्वर पोखरेल निकट स्रोतका अनुसार, महाराजा श्री ५ वीरेन्द्रको सम्पूर्ण जग्गा नेपाल ट्रष्टको सम्पत्ति भएकाले जग्गा खोज्ने सिलसिलामा रक्षा मन्त्री ईश्वर पोखरेल पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहको  निर्मल निवास पुगेको बताउछ ।

साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...