म मन्त्री बनें, खुसीले झाँक्रीजी रुनुभयो : मन्त्री योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईप्रति भरोसा व्यक्त गर्दै बधाई दिन आउने शुभेच्छुकको शुक्रबार भीड थियो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल मन्त्रीको कार्यकक्षबाट बाहिरिएको १५ मिनेटपछि सांसद रामकुमारी झाँक्रीसहितको टोली भित्रियो । भट्टराईसँग लामो राजनीतिक यात्रा गरेका नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेलगायत पूर्वएमाले अखिलका दर्जन नेता उक्त टोलीमा सिंहदरबार पुगेका थिए ।

 

त्यही बेला मन्त्री भट्टराईले भने, ‘कसैले मलाई एउटा अनलाइनको समाचार देखायो । म मन्त्री बनेपछि रामकुमारी झाँझी रुँदै गरेको तस्बिर राखिएको रहेछ । मैले पनि खुसी भएर रुनुभयो होला भनिदिएँ ।’ नेकपा स्थायी कमिटी सदस्य भट्टराई मन्त्री बनेलगत्तै झाँक्रीले सामाजिक सञ्जालमा ‘योगेश दाइ भुंग्रोमा पर्नुभयो’ भन्ने प्रतिक्रिया जनाएकी थिइन् ।

 

त्यही प्रतिक्रियालाई आधार बनाएर केही अनलाइनले झाँक्री रुँदै गरेको तस्बिर राखेका रहेछन् । उनीसहितका नेता सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुग्दा त्यसकै चर्चा चलेको थियो । मन्त्री भट्टराईले आफूलाई पहिलेजस्तै सहयोग गर्न पूर्वअखिलका नेताहरूलाई आग्रह गरे ।

 

पार्टीभित्रको गुटले गर्दा मुख्यमन्त्री पोखरेल र मन्त्री भट्टराईबीचको सम्बन्ध भने सुमधुर छैन । सम्बन्ध बिग्रिएको पनि होइन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्र जाने पोखरेल शुक्रबार पत्नी तथा सांसद सुजिता शाक्यसहित पर्यटन मन्त्रालय पुगेका हुन् ।

 

भट्टराईलाई सामाजिक सञ्जालमार्फत बधाईको ओइरो लागेको छ । सिंहदरबारस्थित कार्यकक्षमा शुभेच्छुकको भीड उस्तै छ । संघीय सांसद, प्रदेशका मन्त्रीदेखि पार्टीका केन्द्रीय सदस्य लस्करै लागेर मन्त्रालय पुग्ने गरेका छन् । केही जिल्लाबाट माला बोकेर कार्यकर्ता बधाई दिन संघीय राजधानी काठमाडौं आइपुगेका छन् । शुभेच्छुकको भीडले मन्त्री भट्टराई घेरिएका छन् । प्रधानमन्त्रीदेखि अन्य मन्त्रीभन्दा भट्टराईको कार्यकक्षमा भीडभाड छ । उनले यो मन्त्रालयका विषयमा राम्ररी अध्ययन गर्न पाएका छैनन् ।

 

विश्वविद्यालयका अध्यापकदेखि क्याम्पसका विद्यार्थी, पर्यटन व्यवसायीदेखि अन्य मन्त्रालयका कर्मचारीसमेत बधाई दिन पुग्ने गरेका छन् । नेकपाका प्रायः नेताले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । कांग्रेस नेता गगन थापाले पनि ‘दाइ’ भन्दै बधाई दिएका छन् । भट्टराई असफल भए आफ्नो पुस्ताको राजनीतिक भविष्य असफल हुने नेता थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...