पूर्वराजा ज्ञानेन्द्रको भाषण बिक्रीमा, मूल्य ५५५५ (भिडियोसहित)



हाम्रो इकोनोमि

 

हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह बिक्रीमा ल्याएको छ । यसको मूल्य ५ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ ।कोषले आइतबार बालुवाटारमा गरेको कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाहले पुस्तक सार्वजनिक गरेकी थिइन् । पूर्वराजा शाहले कोषलाई ५ सय प्रति उपलब्ध गराएका छन् ।

यो किताबमा पूर्वराजाले २०५८ देखि २०७६ सालसम्म विभिन्न समय दिएका अन्तर्वार्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समारोहमा गरेको सम्बोधन, पूर्वराजाले लेखेको ‘मेरो अन्तर्मनको स्पन्दन’ समेटिएको कोषले जनाएको छ । संग्रह भने २ हजार प्रति छापिएको छ । यो पुस्तक बिक्रीबाट उठ्ने पैसा कोषको दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने हिमानीले जनाएकी छन्।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...