कश्मिरलाई विशेष राज्यबाट हटाउँदै मोदी सरकार, नेताहरु नजरबन्दमा



हाम्रो इकोनोमि

 

भारतले कश्मिरलाई विशेष राज्यबाट हटाउने निश्चित भएको छ । गृहमन्त्री अमित शाहले भारतको राज्यसभामा कश्मिरलाई विशेष राज्यबाट हटाउने संकल्प प्रस्ताव पेश गरेका छन् ।

 

गृहमन्त्री शाहले सोमबार राज्य सभामा संविधानको धारा ३७० लाई हटाउने प्रावधानसहितको संकल्प प्रस्ताव पेश गरेपछि कश्मिर विशेष राज्यबाट हट्ने निश्चित भएको हो । अहिले भारतको राज्यसभा बैठकमा यो प्रस्तावमाथि छलफल जारी छ । प्रतिपक्षी  सांसदहरुले भने यो प्रस्तावको बिरोध गरीरहेका छन् ।

 

भारतको संबिधानको धारा ३७० अनुसार जम्मु कश्मिरलाई स्वायत्त अधिकारसहित विशेष राज्यको मान्यता दिइएको थियो ।  यो प्राबधानलाई संसदको दुई तिहाई बहुमतले हटाउन सक्ने व्यबस्था रहेको छ । अहिले भारतीय प्रधानमन्त्री नेतृत्वको सरकारसँग सुबिधा जनक दुई तिहाई भएको कारण यो प्राबधान हट्ने निश्चित छ ।

 

कश्मिरलाई विशेष राज्य बनाउने निर्णय १९५४ मा तत्कालिन प्रधानमन्त्री जवाराहाल नेहरु र कश्मिरी नेता शेख अब्दुल्लाले गरेका थिए । दुई नेताको सहमतिपछि यो व्यबस्था संविधानमा राखिएको थियो ।

 

कश्मीरमा तनाव, मुख्य नेताहरु नजरबन्दमा

 

सोमबार राज्यसभामा यो प्रस्ताव पेश हुन अघि नै कश्मिरमा आइतबार रातीदेखि तनाव सुरु भएको छ । आइतबारदेखि नै कश्मीरका ठूला नेता नजरबन्दमा राखिएको छ । नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबुबा मुफ्ती र जम्मु कास्मिर पिपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमा नजरबन्द गरिएको हो ।

 

बीबीसी हिन्दीका अनुसार संविधानको धारा १४४ लागू गरेर श्रीनगरमा मानिसहरूको आवतजावत बन्द गराइएको छ । सबै शिक्षण संस्था बन्द छ भने श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ । भारतले दशौं हजार सैनिक काश्मिर उपत्यकामा खटाएको छ ।

 

 

नजरबन्दपछि पहिलो पटक ट्वीट गर्दै भूतपूर्व मूख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘के हुन लागेको हो त्यो हामीलाई थाहा छैन तर अल्लाहले हाम्रा लागि जे सोचेका छन् त्यो राम्रै होला भन्ने म कश्मीरका मानिसहरूलाई भन्न चाहन्छु। हामीले शङ्का गर्नुहुँदैन र सबैलाई शुभकामना दिन चाहन्छु। सबै जना सुरक्षित रहौँ र त्यो भन्दा पनि बढी सबै संयमित रहौँ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...