कश्मिरमा कर्फ्यु, नेतालाई नजरबन्द



हाम्रो इकोनोमि

 

भारत प्रशासित कश्मिरमा विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको छ । राजधानी श्रीनगरमा अनिश्चिनकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द गरिएको छ ।

श्रीनगरमा भारतको संविधानको धारा १४४ लागु गरिएको छ । यो धारा लागु भएपछि अर्को आदेश नभएसम्म यस क्षेत्रमा मानिसहरुले आवतजावत गर्न पाउँदैनन् । यस अवधिभर सबै शिक्षण संस्थाहरु पनि बन्द हुनेछन् ।

सरकारले कयौं शैक्षिक संस्थाका छात्राबास खाली गर्न आदेश दिएको छ । राजधानी श्रीनगरसहित सम्पूर्ण कश्मिर घाटीमा मोबाइल र इन्टरनेट सेवा बन्द भएको पत्रकार माजिद जहाँगिरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

श्रीनगरबाट ल्याण्डलाइन फोनमा समेत सम्पर्क कटौती गरिएको छ । कश्मिरमा अशान्ति मच्चिन थालेपछि शुक्रबारबाट शुरु भएको पवित्र हिन्दू तीर्थस्थल अमरनाथ यात्रा रद्द गरिएको थियो । अमरनाथ गुफा दर्शनका लागि पुगेका हजारौं भक्तजन र पर्यटकलाई तत्काल कश्मिर घाटी छाडेर जान आग्रह गरिएको थियो ।

यसैबीच कश्मिरको पछिल्लो अवस्थालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार विहान मन्त्रिपरिषद बैठक बोलाएका छन् । उता पाकिस्तानमा पनि संसदीय समिति बैठकमा यो विषयमा छलफल हुँदैछ ।

उता कश्मिरको पछिल्लो अवस्थाप्रति मुस्लिम देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कन्टि्रज ओआइसीले चिन्ता व्यक्त गरेको छ ।

ओआइसीले भनेको छ-भारतीय कब्जामा रहेको कश्मिरको अवस्था नाजुक बन्दै गएको र अतिरिक्त सुरक्षा बलको तैनाथीका साथै प्रतिबन्धित क्लस्टर बमको प्रयोगको खबरले हामीलाई चिन्तित बनाएको छ ।

कश्मिरमा उग्रपन्थी मुस्लिम संगठनले आक्रमण गर्ने सूचनापति प्रशासनले केही दिनयता उच्च सुरक्षा सतर्कता अपनाएको थियो । हिन्दू भक्तजनमाथि लक्षित गरी अमरनाथ यात्राका क्रममा हिंसा भड्काउने सूचनापछि सरकारले सुरक्षा बल थपेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी यसअघि नै दिइसकेका छन् । कश्मिरको स्वतन्त्रतालाई लिएर भारत र पाकिस्तानबीच बिगत ७० वर्षदेखि लडाइ चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...