प्रधानमन्त्री ओलीको आफ्नै खर्चमा उपचार हुन्छ, राज्यकोषबाट हुँदैन – प्रवक्ता बास्कोटा



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको उपचार प्रधानमन्त्रीकै व्यक्तिगत खर्चमा हुने बताएका छन् । आइतवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बास्कोटाले प्रधानमन्त्रीको उपचार आफ्नै व्यक्तिगत खर्चमा हुने तर सँगै गएका कर्मचारीको आउने-जाने र बस्ने खर्च राज्यकोषबाट हुने बताएका हुन् ।

‘देशको नेतृत्व लिनुभएको प्रधानमन्त्रीको स्वास्थ्य उपचारलाई लिएर राजनीति गर्ने कुरा हुँदैन,’ बास्कोटाले भने, ‘सरकारी कर्मचारीको हकमा आते-जाते र टीए, डीए पनि हुन्छ । प्रधानमन्त्रीको उपचार र उहाँको परिवारको खर्चको जिम्मेवारी भने उहाँ स्वयम्ले लिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...