विप्लव समूहले फेरी चन्दा उठाउन थाल्यो, को को छन निशानामा



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति जारी गरेरै चन्दा मागेको छ । पाँच महिने आर्थिक अभियानको घोषणा गर्दै विप्लव समूहले चन्दाका लागि अपिल गरेको हो ।

 

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै चन्दाका लागि आह्वान गरेका हुन् । प्रकाण्डले आर्थिक सहयोग अभियानमा पार्टीबाट कारबाहीमा परेका र भगौडाहरुसँग सचेत रहन अपिल गरेका छन । उनले अभियानलाई पार्टीले कारबाही गरेका र भगौडाहरूले दुरुपयोग गर्नसक्ने खतराप्रति सतर्क रहन सचेत गराएका हुन् ।

 

‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक संकटको समाधान क्रान्तिले मात्र सम्भव छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैका लागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझैँ सहयोग गरिदिनुहुन अनुरोध छ ।’ अभियानमा केन्द्रीय समिति, ब्युरो, जिल्ला र जवस तथा मोर्चाहरूको संयुक्त र एकीकृत सहभागिता रहने जनाइएको छ ।

 

२००७ सालदेखिका सशस्त्र संघर्ष, जनसंघर्ष र जनआन्दोलनका उपलब्धिहरूलाई अहिले कम्युनिष्ट आवरणमा हमला भइरहेको समूहको आरोप छ । जनताका राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरूलाई बन्दुकको बलमा दबाउन खोजेको पनि आरोप लगाइएको छ ।

 

‘राजनीतिक असहमति राख्ने निशस्त्र र राजनीतिक कार्यकर्तालाई शान्ति र विकासविरोधी आरोपमा हत्या गरेको छ । हत्या, बलात्कार र लुटपाट गर्नेलाई मन्त्रीका नाता–गोता र वली सरकारको गृह प्रशासनले संरक्षण गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

 

पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यक्रमका निम्ति कुनै पनि जोखिम मोल्न र बलिदान गर्न आफूहरु तयार छ रहेको प्रकाण्डले विज्ञप्तिमार्फत जनाएका छन् । ‘जनक्रान्तिबिना देश र जनताका पक्षमा आमूल परिवर्तन सम्भव छैन’, विज्ञप्तिमा भनिएको छ । विप्लव समूहलाई सरकारले गएको फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

हेर्नुहाेस् चन्दाका लागि आह्वान गरिएको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...