कार्यक्रमका लागि जापान पुगेका उमेश राई र सबिना गुरुङलाई विमानस्थलबाटै फर्काइयो



हाम्रो इकोनोमि

 

एक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ ।

उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए ।

तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा) दिएको थियो तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।

यद्यपि यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...