कार्यक्रमका लागि जापान पुगेका उमेश राई र सबिना गुरुङलाई विमानस्थलबाटै फर्काइयो



हाम्रो इकोनोमि

 

एक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ ।

उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए ।

तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा) दिएको थियो तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।

यद्यपि यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...