बच्चासहित लिएर भागेकी रानीको यस्तो तस्विर बाहिरियो



हाम्रो इकोनोमि

 

युएई (दुबई)बाट भागेर लन्डनमा बसिरहेकी शासक शेख मोहम्मद अल मख्तुम की छैटौं पत्नी हायाको एक तस्विर सार्वजनिक भएको छ । उक्त तस्विरमा उनी भाई प्रिन्स अलिको साथमा देखिन्छिन् ।

उक्त तस्विरबाट हयालाई उनका भाइले पूर्ण रुपमा साथ दिइरहेको प्रष्ट हुन्छ । सो तस्विरमा उनका भाइ प्रिन्स अलीले नै आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । हाया बिन्त अल हुसेनले लन्डनस्थित उच्च अदालतमा आफ्ना बालबालिका र आफ्नो जीवन रक्षा गर्न माग गर्दै मख्तुमको विरुद्धमा रिट समेत दायर गरेकी छिन् ।

४५ वर्षीया हाया र उनका भाइ जोर्डनका राजकुमारसँग बसेको तस्बिर सार्वजनिक भएको हो ।तस्वीरमा हायाका भाईले उनलाई अँगालो मारेको देखिन्छ । हयाको कपडामा जोर्डनको झण्डाजस्तो लोगो समेत देख्न सकिन्छ ।

यो तस्बिर उनका भाई प्रिन्स अलीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । पति मख्तुमबाट छुट्टिएपछि आफ्नो जीवन बचाउन लण्डनमा दुई बच्चाहरुको साथ लुक्नुपरेको रानी हायाले दाबी गर्दै आएकी छिन् ।

हाया र अली जोर्डनका राजा हुसेनका छोराछोरी हुन् । हुसेनपछि १९९९ मा अब्दुल्लाह दृतियले त्यहाँको सिंहासन सम्हालेका थिए । हालसालै राजा अब्दुल्लाहले दुई पटक युएइको भ्रमण समेत गरेका छन् ।

शासक मोहम्मदले अदालतसँग पत्नीसहित बच्चाहरुलाई युइए पठाउन माग गरेका छन् । ७० वर्षीय शेख मोहम्मदको हायासँग सन् २००४ मा विवाह भएको थियो । युएइका भाइस प्रेसिडेन्ट समेत रहेका उनका ६ वटी पत्नी रहेका छन् । ६ वटी पत्नीहरुमध्ये हाया छैटौं पत्नी हुन् ।

उनका ६ वटा पत्नीका २० वटा छोराछोरी रहेका छन् । हायाको जन्म जोर्डनकी दिवंगत रानी आलियाको कोखबाट भएको थियो । रानी अलियाको हेलिकोप्टरर दुर्घटमा परेर निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...