अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, २० मारिए, २६ घाइते



हाम्रो इकोनोमि

 

अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । २६ जना घाइते छन् । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो ।

आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान भएको छैन । यद्यपि, मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओबराडोरले घटनामा आफ्ना ३ नागरिकको ज्यान गएको बताएका छन् । रोयटर्सले जनाएअनुसार उनले ६ नागरिक गोली प्रहारबाट घाइते भएको जनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूले सीसीटीभीमा कैद भएको डार्क टिसर्ट र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको दृश्य प्रसारण गरेका छन् ।

टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्डको पुष्टि गर्दै इतिहासकै सबैभन्दा भयानक दिन भएको प्रतिक्रिया दिएका छन् ।

घटनामा संलग्नको आशंकामा प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा उनी दल्लासका भएको खुलेको छ ।

अमेरिकामा मास सुटिङको घटना नयाँ होइन । एक साताअघि मात्रै क्यालिफोर्नियाको फुड फेस्टिबलमा बन्दुक आक्रमण भएको थियो । जसमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको ज्यान गएको थियो । यस्ता घटना बढेपछि नागरिकलाई बन्दुक राख्न दिइँदै आएको सुविधाबारे बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...