तेलको भाउ घट्यो



हाम्रो इकोनोमि

 

विश्व बजारमा बिहीवार कच्चा तेलको भाउ घटेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै तेलको भाउ घटेको हो । पछिल्लो ६ दिनमा पहिलोपटक कच्चा तेलको भाउ घटेको हो ।

बिहीवार ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल १ डलर ११ सेन्टले घटेर प्रतिब्यारेल ६३ डलर ९४ सेन्टसम्म आइपुगेको थियो । यो समाचार तयार पर्दासम्म साँझको ६ बजे भने प्रतिब्यारेल ७१ सेन्ट कमजोर रहँदै ६४ डलर ३४ सेन्टमा आइपुगेको थियो ।

त्यस्तै यूएस क्रुडको भाउ पनि प्रतिब्यारेल १ डलर ७ सेन्टले कमजोर रहँदै ५७ डलर ५१ सेन्टसम्म आइपुगेको थियो । यो समाचार तयार पर्दासम्म भने प्रतिब्यारेल ८६ सेन्ट घटेर ५७ डलर ७२ सेन्टमा आइपुगेको थियो ।

अहिले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) तथा उसका सहयोगी मुलुकले तेल उत्पादन कटौती गरेर तेलको भाउलाई टेवा दिने प्रयास गरिरहेका छन् । तर, संगठनभन्दा बाहिरका मुलुकबाट बढिरहेको तेल आपूर्तिको कारण तेलको भाउ घट्नमा सहयोग पुगेको हो ।

साथै बुधवार सार्वजनिक भएको सरकारी तथ्यांकले अमेरिकाको तेल उत्पादन प्रतिदिन १ करोड २२ लाख ब्यारेल पुगेको देखाएको थियो ।

अघिल्लो साता उसको तेल उत्पादन प्रतिदिन १ करोड १३ लाख ब्यारेल थियो । अमेरिका–चीन व्यापारयुद्ध तत्काल समाधान हुने सम्भावना कमजोर देखिएसँगै तेलको भाउ घटेको हो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...