सांसदको प्रश्न सिंहदरबारको लालपुर्जा कोसँग छ सरकार भन्छ खोज्दैछौं आखिर कहाँ छ त लालपूर्जा ?



हाम्रो इकोनोमि

 

पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले सिंहदरबारको लालपुर्जाबारे सवाल उठाएका छन् । उनले शुक्रबारको अर्थ समिति बैठकमा सिंहदरबारको लालपुर्जा माथी प्रश्न गरेका हुन् । ‘सिंहदरबरको लालपुर्जा कोसँग छ, सरकारसँग छ की छैन् ? यो पनि कसैले आफ्नो नाममा ल्याईसके की ?’, पाण्डेले प्रश्न गरे । पाण्डेले सिंहदरबारको लालपुर्जा खोजेपनि अर्थमन्त्रीी डा. युवराज खतिवडा र सचिव राजन खनाल अकमकिएका थिए ।

उनले सार्वजनिक जमिन व्यक्तिका नाममा धमाधम पास भैरहेको सन्दर्भ जोड्दै सिंहदरबारको लालपुर्जाको खोजी हुनुपर्ने बताएका हुन् । ‘अहिले सार्वजनिक जमिन धामधम व्यक्तिका नाममा ल्याउने क्रम बढेछ, कतै सिंहदरबार नै कसैले आफ्नो नाममा ल्याईसक्यो की खोज्नु पर्यो नी’, पाण्डेले भने ।

पाण्डेले सिंहदरबारमा रहेका गाडी लगायतका सम्पतिहरुको विवरण समेत राख्नुपर्नेमा जोड दिएका थिए । ‘सिंहदरबारमा सैयौं गाडी थन्किएका छन्, त्यसको रेखदेख कस्ले गर्ने हो, नयाँ किन्न कसले अनमुति दिनुपर्ने हो, पुराना बेच्न कुन निकाय जिम्मेवार हुने हो, त्यसको पनि व्यवस्था गरिनुपर्छ’, पाण्डेले भने । उनले आफु अर्थमन्त्री हुँदा सार्वजनिक सम्पतिको विवरण महालेखा नियन्त्रकको कार्यालयले राख्ने गरि मन्त्रिपरिषदबाटै निर्णय गरेको पनि जानकारी दिए ।

‘मैले नै प्रस्ताव लगेर मन्त्रिपरिषदबाट जमिनसहितका सबै सार्वजनिक सम्पतिको विवरण र संरक्षण महालेखा नियन्त्रकको कार्यालयले गर्ने निर्णय गराएको थिएँ, अहिलेसम्म केहि काम भएको रहेनछन’, पाण्डेले दुखेसो पोखे । उनले एनजीओको आम्दानी र खर्चको विवरण गृह मन्त्रालयले राख्ने निर्णय पनि सोही मन्त्रिपरिषदबाट गराएको जानकारी दिए । अर्थ सचिव राजन खनालले सार्वजनिक जमिनहरुको लगत संकलन गर्ने काम भैरहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...