फ्यानले काजललाई भेट्न १० लाख खर्च गर्नु परेपछि…



हाम्रो इकोनोमि

 

फ्यानहरु कति हदसम्म जान इच्छुक हुन्छन्, जहाँ स्टारलाई भेट्न पाएपछि । यस्तै भारतको रामानाथापुरम शहरका एक व्यक्ति काजल अग्रवालका फ्यान थिए । उनी आफ्नो फेवरेट स्टारसँग भेटघाट गर्न चाहन्थे । काजलसँग भेट गर्न उनले एक वेबसाइटको सहारा लिए । उक्त वेबसाइटले फ्यानहरुलाई काजल अग्रवालसँग भेट गराउने दाबी गरेको थियो ।

ती व्यक्तिले पनि काजलसँग भेट गराउने इच्छा व्यक्त गरे । तर उक्त वेबपेज एक अपराधिक गिरोहले सञ्चालन गरेको थियो । उक्त समूहले ती व्यक्तिसँग ५० हजार रुपैयाँ र व्यक्तिगत विवरण माग गर्‍यो ।

सम्पन्न परिवारका ती व्यक्तिले कुनै संकोच नमानी पैसा दिए आफ्नो विवरणसहित । समय बित्दै जाँदा उक्त समूहले पटक पटक पैसा मागिरह्यो ती व्यक्तिले दिँदै आए ।

केही समयपछि भने ती व्यक्तिलाई आफूसँग धोका भइरहेको महसुस भयो । तर उक्त समूहले पैसा माग्न छोडेन । तर जब उनले पैसा पठाउन छोडे घटनाले अर्कै मोड लियो ।

पैसा पठाउन छोडेपछि उक्त समूहले ती व्यक्तिका व्यक्तिगत डाटामा रहेका अन्तरंग तस्बिर सार्वजनिक गर्ने धम्की दिन थाल्यो । ती व्यक्तिले तीन किस्तामा १० लाख रुपैयाँ उक्त समूहलाई पठाइसकेका थिए ।

यो घटनापछि तनावमा रहेको ती व्यक्तिले आफ्नो घर समेत छोडेर हिँडेका थिए । प्रहरीले कोलकाताको एक गल्लीमा उनलाई फेला पारेको छ । उनको उजुरीका आधारमा प्रहरीले श्रवणकुमार नाम गरेका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...