नसुध्रिने भए महासचिव पौडेलः सरकारी जमिन अतिक्रमण गर्नेलाई च्यापेर हिँडिरहेका छन्



हाम्रो इकोनोमि

 

ठूला भूमाफियासँगको ‘नेक्सस’का कारण बद्नाम नेकपाका महासचिव विष्णु पौडेलको अर्को प्रकरण पनि सार्वजनिक भएको छ । पौडेलको गृहजिल्ला रुपन्देहीस्थित पाँच तारे टाइगर प्यालेस रिसोर्टले सरकारी जमिन अतिक्रमण गरेको विषय अदालतमै पुगेको छ ।

 

जग्गा अतिक्रमण गर्ने टाइगर प्यालेसका प्रमुख कार्यकारी निर्देशक विदेशी नागरिक माइक बालसोभरलाई लिएर प्रधानमन्त्रीसम्म पुग्ने काम विष्णु पौडेलले गरिरहेको विश्वस्त स्रोतको दावी छ ।

 

विदेशी लगानीको टाइगर प्यालेसले भैरहवा–लुम्बिनी सिँचाई आयोजनाको नौकठ्ठा जमिन हडपेको छ । सिँचाईले आफ्नो जमिन हडपिएपछि अदालतमा मुद्दा दायर गरेको छ । अदालतमा विचाराधीन मुद्दका एक पक्षलाई बोकेर महासचिव पौडेल नै शक्ति केन्द्रमा धाउन थालेपछि उनको भूमाफियासँगको उठबसमा शंका गर्ने थप आधार प्राप्त भएको छ ।

 

सिँचाईले मुद्दा दायर गरेपछि टाइगर प्यालेसले भने आफ्नो चलअचल सम्पत्ति बेचेर नेपाल छाड्ने तयारी गरेको छ । तर जिल्ला अदालत रुपन्देहीले जग्गा अतिक्रमणसम्बन्धी विवाद निरुपण नभएसम्म रिसोर्टलाई सम्पत्ति बिक्री नगर्न आदेश दिएको छ । तीन अर्ब लागतमा निर्माणाधीन रिसोर्ट ५ अर्बमा किन्ने ग्राहक आए बेचेर नेपाल छाड्ने लगानीकर्ताको चाहनामा अवरोध आएपछि महासचिव पौडेलको शरणमा लगानीकर्ता पुगेका छन् ।

 

‘भूमाफियाका प्रिय मित्र तथा शुभचिन्तक’ समेत भनेर बद्नाम पौडेलले सरकारी जमिन अतिक्रमण गर्ने रिसोर्टका लागि पनि काँध थापेका छन् ।
जानकारस्रोत भन्छ, ‘बालुवाटारको सरकारी जमिनमा भूमाफिया शोभाकर ढकाललाई सहयोग गर्दा उनले १० आना बक्सिस पाएका थिए । अहिले फेरि रिसोर्टले पनि केही सेयर दिने आश्वासन दिएको हुन सक्छ । जसका कारण उनी यति मरिहत्ते गरिरहेका छन् ।’

 

बक्सिसमा जग्गा जमिन नै हात थाप्न बानी परेका महासचिवको जग्गा कनेक्सन ५६ सालबाट नै सुरु भएको थियो । त्यो बेलो उनले रुपन्देहीमै ऐलानी जमिन छोराको नाममा पास गराएका थिए । उनी केही वर्षअगाडिसम्म रुपन्देहीका भूमिहीन नेताका रुपमा परिचित थिए ।

 

श्रीमतीको नाममा जमिन हुँदा हुँदै ऐलानी जमिन यसरी हात पारेका थिए विष्णुलेः 

५२ सालसम्म हालका नेकपा महासचिव विष्णुप्रसाद पौडेल रुपन्देहीको सुकुम्बासी बस्तीमा माटोको टायलवाला घरमा बस्थे । उनले १८ धुर ऐलानी जग्गामा आफू सुकम्बासी हुँ भन्दै घर बनाएर बसेका थिए ।

 

उनी बसेको ठाउँलाई दीपनगर भन्ने गरिन्छ । १८ धुर ऐलानी जमिन विष्णुले अहिले आफ्ना छोराको नाममा पास गराइसकेका छन् । उनकी पत्नीको जमिन नवलपरासीको भुताहामा थियो । त्यो जमिनसँग बालुवाटारको जमिन साटेका थिए–त्यो पनि भुमाफिया शोभाकर ढकालकी पत्नी उमासँग ।  अझ रोचक त के छ भने विष्णुकी पत्नी दोमायाको नाममा नवलपरासीमा ५६ सालमै १३ कठ्ठा जमिन थियो ।

 

तर ६१ सालमा दीपनगरमा रहेको १८ जमिन ऐलानी जग्गा पौडेलले आफ्ना छोरा नवीनको नाममा श्रेस्ता कायम गराए । अर्थात विष्णुको परिवार सुकुम्वासी थिएन तर सुकम्बासी बनेर जमिन हात पारे । नेपाल आजबाट

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...