जब आफ्नै श्रीमतीको श्रीमनलृे यौनकाण्डको अडियो सार्वजनिक गरे



हाम्रो इकोनोमि

 

साउन १० गते घोराही उपमहानगरपालिका १७ की २७ वर्षीया रीता डाँगी मृत फेला परिन् ।

उनी घरदेखि करिब एक सय मिटरको दूरीमा पर्ने रूखमा झुण्डिएको अवस्थामा फेला परिन् । अहिले उनी मृत फेला पर्नुको रहस्य पत्ता लागेको छ । यो रहस्य बुझ्न एक वर्षअघिको घटनालाई केलाउनु जरूरी छ ।

एक वर्षअघि रीता छिमेकी फर्सुराम केसीसँग क्यान्सरको उपचार गराउन भन्दै भरतपुर गइन् । छिमेकी मात्र नभई माइतीसमेत रहेका फर्सुराम र उनीमाथि भरतपुर गएकै बेला उनीहरूबीच अवैध सम्बन्ध रहेको हल्ला चल्यो । त्यो हल्ला त्यत्तिकैमा सीमित रहेन । हल्ला फैलिदै गएपछि गत मंसिरमा स्थानीय अगुवाहरू बसेर आपसी सल्लाहमै कुरा मिलाएका थिए ।

उक्त घटना कोरियामा रहेका श्रीमान मदन डाँगीले पनि चाल पाए । गाउँघरबाट फैलिएको हल्लालाई विश्वास नगरेर श्रीमतीकै मुखबाट सुनेर विश्वस्त हुन खोजे । र, उनले असार पहिलो साता श्रीमतीबाट थप कुरा खोतल्न प्रयास गरे । उनलाई फकाउँदै मोवाईलमा रेकर्ड गरे ।

धेरै फकाएर रीतालाई ‘सबै कुरा भन केही फरक पर्दैन’ भनेर मन चोर्दै रेकर्ड गरे । रीताले पनि ‘फर्सुरामसँग यौन सम्बन्ध’ भएको बताइन् ।

श्रीमती र आफुबीच भएको १५ मिनेटको अडियो मदनले घर पठाइदिए । असार ८ गते राती उक्त अडियो सुनाउँदै रीताका ससुराले निकै बेरसम्म केरकार तथा गालीगलौज गरे । त्यसपछि उनीहरूले उनै फर्सुरामको घरमा पुगेर ‘यी हामीले तिमीहरूको रासलिलाबारे प्रमाण पायौँ अब रीतालाई तैंले स्याहार’ भने । त्यहाँबाट उनीहरू करिब ५ बजेको समयमा प्रहरी कार्यालय गए ।

यता, बिहानपख फर्सुरामकी श्रीमती रमिता केसी र छिमेकी श्रीमाली ओली आएर एक बर्ष अघिको कुरा लिएर ‘मेरा श्रीमानलाई किन यसरी बेइज्जत गरिहन्छेस्’ भन्दै रीतामाथि जाई लागे । उनीहरूले रीतालाई कुटपिट समेत गरे ।

आफ्नो श्रीमानसँग शारीरिक सम्पर्क राख्दै आएको आरोप लगाउँदै कुटपिट गरेको देखेपछि रीताका ससुरा पहलबहादुर प्रहरी गुहार्न हिँडे । प्रहरीसहित उनी फर्केर आउँदा रीता घरदेखि करिब सय मिटरको दूरीमा पर्ने रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । रीताका दाजु चन्द्रविक्रम खड्काले बहिनीको कुटपिटपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा रमिता र श्रीमालीविरूद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धा दायर गरेका छन् । कोरियामा रहेका रीताका श्रीमानले भने फर्सुरामले श्रीमतीमाथि बलात्कार गरेको रीताका माइती पक्षलाई भनेका छन् ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...