विश्वको उदाहरणीय जोडी : एक देख्न सक्दैनन् अर्की हिँड्न सक्दिनन् तरपनि हिमाल पहाड चढिरहेका छन्



हाम्रो इकोनोमि

 

भनिन्छ टीम वर्क भयो भने असम्भवपनि सम्भव तुल्याउँन सकिन्छ । अमेरिकाको कोलोराडोका मैलनी नैक्ट र ट्रेवर हनले यो भनाईलाई प्रमाणित गरिएका छन् ।

तस्वीरमैपनि देख्न सकिन्छ मैलनी हिँड्न सक्दिनन् । ट्रेवर देख्न सक्दैनन् । यसका बावजूदपनि दुबै कोलोराडोको उच्च पहाड चढ्न सकेका छन् ।

अब दुबै १४००० फीट उचाईको हिमाल चढ्ने योजनामा छन् ।

 

मैलनीले पोस्टमा लेखेकी छिन् उनको (ट्रेवर) सँग खुट्टा छ र मसँग आँखा । यही नै हाम्रो ड्रीम टीम हो ।

पछिल्लो पटक दुबै कालोराडोको पहाड चढेर घुमफिर गरेका छन् । यो यात्रामा ट्रेवर

मैलनीलाई एक पछाडी बोक्न मिल्ने कुर्सीमा पीठ राखेर बोक्दै हिँडेका छन् । मैलनीले भनेकी छिन् अब हामी दुबैबीच गज्जबको तालमेल छ ।

म ट्रेवर लाई दृष्यको डिस्क्राइब गरिदिन्छु । मैले भने अनुसार उनी अघि बढ्छन् । म अहिलेसम्मको जीन्दगी पुरै व्हीलचेयरमा मात्र थिए ।

यस खालको पहाड आफ्नै आँखाले देख्नु मेरो कल्पना त के सपनापनि थिएन । तर अहिले मेरो जीवनको सबैभन्दा राम्रो दिन आएको छ ।

मैलनी बच्चादेखि नै स्पाइना बिफिडा (पछाडीको हड्डी विकसित नभएको) कारण उनी हिँडडुल गर्न नसक्ने भइन् ।

यसैले उनको साहारा व्हीलचेयर मात्र थियो । ट्रेवरको आँखाको दृष्टि भने प्रकाशको ग्लूको का कारण गुम्यो ।

यसैले उनीपनि एक ठाउँमात्र बस्न बाध्य भएका थिए । तर अब दुबै साथ–साथ हाइकिंग जान थालेका छन् । उनीहरु अब भन्न थालेका छन् अब हामी दुबै एकै हो ।

हाम्रो पैताला अब दुबैका लागि एकै छ । हाम्रो आँखा एक अर्काका साझा भइसकेका छन् ।

उनीहरु दुबैको मौका भेटभने एडेप्टिव एक्सरसाइज क्लासेसमा भएको थियो । यसपछि उनीहरु दुबै ट्रैकिंग सँगै यसरी नै गर्ने निर्णयमा पुगेका थिए । सो अनुसार अहिले उनीहरुको जीन्दगी चलिरहेका छन् ।

अहिले दुनियाँभरीका मिडियाले उनीहरुलाई संसारकै नमुना जोडीको रुपमा प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

कुनै हालतमा अध्यक्ष नछाड्ने ओलीको घोषणा

    एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल...

प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली

        एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट...

यसरी पार्टी चल्दैन, पुनर्गठन गर्नैपर्छ : विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष...