सुत्केरी भएको ११ दिनपछि गेब्रिएलाले देखाइन् स्लिम बडी, इन्स्टाग्राममा सेयर गरिन् सेल्फी



हाम्रो इकोनोमि

 

बलिउड नायक अर्जुन रामपाल र उनकी प्रेमिका गेब्रिएला १८ जुलाईमा बुवा–आमा बने । उनीहरुले आफ्ना छोरा अरिक रामपालको फोटो सोसल मिडियामा सेयर गरे । आमा बनेको ११ दिनपछि गेब्रिएलाले व्यायामपछि ऐनामा खिचिएको आफ्नो सेल्फी सेयर गरिन् जसमा उनी निकै फिट देखिएकी छिन् । उनको फिट बडी देखेर उनी केही दिन अघिमात्रै आमा बनेको भनेर विश्वास गर्न मुश्लिक पर्छ ।

 

इन्स्टाग्राममा सेयर गरिन् सेल्फीः

ग्रेब्रिएलाले इन्स्टाग्राम स्टोरीमा उक्त सेल्फी सेयर गरेकी हुन् । उनले यो सँगै क्याप्सनमा लेखिन्, ‘यौ फोटो म सुत्केरी भएको ११ दिनपछि खिचिरहेकी छु । मुश्किल थियो तर तपाईंको शरीर एउटा अद्भूत चीज हो । त्यसकारण आमा बनेपछि यसमाथि काम गर्न बन्द नगर्नुहोस् । राम्रो खानपिन गर्नुहोस्, घुम्नुहोस् र आफूलाई राम्रो महसुस गराउनुहोस् ।

मलाई योगाले निकै मद्दत गर्यो । मेरी ट्रेनर तनवीले यतिबेला मलाई निकै सहयोग गरिन् । अर्को कुरा भन्नु कि सबैको शरीर भिन्न हुन्छ । त्यसकारण राम्रो परिणामका लागि धैर्य गर्नुहोस् ।’

थुप्रै सेलिब्रिटी आमा बनेका छन् अहिलेसम्म कसैले पनि यति छोटो समयमा यस्तो परिवर्तन हाँसिल गर्न सकेका थिएनन् । करिना कपुर खानले सुत्केरी भएपछि १० महिनासम्म जिममा पसिना बगाउनुपरेको थियो । यसबाहेक यो वर्ष आमा बनेका ईशा देओल र सुरविन चावला अहिलेसम्म जिममा कसरत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...