मृत्युको मुखमा परेर बाँचेका भारतीय स्टारहरु



हाम्रो इकोनोमि

 

फिल्ममा देखाइने विभिन्न दृश्यहरु हेर्दा मानिसलाई निकै रमाइलो लाग्छ । तर, उक्त सिनका लागि अभिनय गर्नु निकै कठिन काम हो । उनीहरुले त्यसका लागि धेरै मिहिनेत पनि गरेका हुन्छन् । अभिनय गर्ने क्रममा धेरै कलाकारहरु घाइते पनि हुने गरेका छन् । कहिलेकाँही ज्यानलाई नै जोखिम पर्ने किसिमको घटना पनि हुने गरेको छ ।

यहाँ अभिनयको क्रममा भएको दुर्घटनाबाट मृत्युको मुखबाट बाँचेका भारतीय कलाकारको उल्लेख गरिएको छ –

 

१. सलमान खान
‘तेरे नाम’ फिल्म खेल्दा यस्तो घटना भएको थियो कि सलमान खान निकै घाइते भएका थिए । यो फिल्म २००३ मा आएको थियो । एक सिनमा उनले रेलवेमा हिँड्नुपर्ने थियो । तर, रेल अचानक आभाष अर्का सहयोगी कलाकारलाई भएको थियो । जसको कारण उनले सलमान खानलाई धक्का दिएका थिए । जसको कारण उनी गम्भीर घाइते भएका थिए ।

 

२. प्रीति जिन्टा
प्रीति जिन्टा एकपटक कोलम्बोमा प्रस्तुती दिइरहेकी थिइन् । यो क्रममा कन्सर्टको एक भागमा बम विष्फोट भएको थियो । यो घटनामा संयोगले उनी बचेकी थिइन् । त्यस्तै एकपटक थाइल्याण्डमा आएको सुनामीमा पनि उनी चारैतिरबाट घेरिएकी थिइन् ।

 

३. जोन अब्राहम
जोन अब्राहम ‘शुटआउट एट वडाला’ फिल्मको शुटिङको क्रममा दर्दनाक दुर्घटना भएको थियो । शुटिङको क्रममा अनिल कपूरले जोन अब्राहमलाई गोली प्रहार गर्छन् । ब्लैंक बुलेट जोन अब्राहमको गर्धनमा लाग्छ । उनी गम्भीर घाइते हुन्छन् । उनीहरु बीचको दूरी १५ फिटभन्दा पनि कम थियो । जसको कारण यो घटना भएको हो ।

 

४. सैफ अली खान
सन् २००० मा आएको ‘क्या कहना’ फिल्ममा उनी प्रीति जिन्टासँग देखिएका थिए । यो फिल्मको शुटिङको क्रममा भएको बाइक दुर्घटनामा सैफ अली खान नराम्रोसँग घाइते भएका थिए । जसको कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

 

५. ऋतिक रोशन
कृष फिल्म खेल्ने क्रममा ऋतिक रोशन पनि ठूलो दुर्घटनामा परेका थिए । कृष फिल्म शुटिङ गर्दा उनी ५० फीटको उचाइबाट खसेका थिए ।

 

६. ऐश्वर्या राय बच्चन
सन् २००४ मा आएको फिल्म खाकी फिल्ममा शुटिङको क्रममा उनी दुर्घटनामा परेकी थिइन् । त्यतिबेला उनी अनियन्त्रित जीपसँग ठोक्किएर झाडीमा खसेकी थिइन् । त्यसपछि उनलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...