हप्तामा कति पटक सम्बन्ध राख्दा राम्रो हुन्छ



हाम्रो इकोनोमि

 

यौन सम्पर्क गर्नुको एक होइन अनेक फाइदा छन्। शरीरका लागि मात्र नभई स्वास्थ्यका लागि पनि सेक्स निकै लाभदायीमानिन्छ। नियमित सेक्स गरिरहनाले विभिन्न रोगबाट जोगिन मद्दत हुन्छ। त्यतिमात्र होइन विभिन्न अध्ययनका अनुसार नियमित यौन सम्पर्क गर्नाले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ। साथै यौन सम्पर्कले मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ।

 

आरकाइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरिकाका मानिसमा सेक्सप्रतिको लगाव कम भएको छ। २०१० देखि २०१४ सम्ममा अमेरिकाका मानिसले २००० भन्दा २००४ को तुलनामा ९ गुण से कम सेक्स गरेका छन्। सेक्समा यो कमी विवाहितहरुमा धेरै भएको पाइयो, जो सँगै हुन्थे। तीनमा प्रत्येक वर्ष १६ पटक सम्म कम हुँदै गयो।

 

कामलाई धेरै समय दिने र नियमित उत्तरदायित्वलाई सम्हाल्नु यसको मुख्य कारण भएको देखियो। साथै इन्टरनेटमा भएका मनोरञ्जनका साधनहरुका कारण पनि खालि समय नहुनाले कमी आएको भेटियो। यो तथ्यको मतलव यो पक्कै पनि होइन कि हामी यस्तो युगमा बाचिरहेका छौं जहा यौन सम्पर्क हुँदैन। किनकी औसतन एक एडल्ट सालमा ५४ पटक सम्म यौन सम्पर्कको आनन्द लिन्छन्। यसको मतलव हो की हप्तामा एक पटक भन्दा केही बढि। त्यहि एक साथ रहने विवाहित जोडि सालमा ५१ पटक सम्म यौन सम्पर्क गर्ने गर्छन्।

 

के यो गलत हो ?
के यो तथ्यांक गलत हो ? बिलकुलै होइन। सेक्स कति पटक गरिदैछ, यसले त्यो बेला सम्म फरक पर्दैन जब सम्म तपाईं र तपाईंको पार्टनर यसले सन्तुष्ट हुन्छन्। अध्ययनकर्ताका अनुसार हप्तामा एक पटक यौन सम्पर्क गरेर खुशी रहन सकिन्छ।

 

एक्सपेरिमेन्ट गरिरहनु पर्छ ?
उसो त हफ्तामा कतिपटक यौन सम्पर्क गर्नाले सम्बन्धमा सन्तुष्टि र स्वास्थ्यको दृष्टिकोणले ठीक मानिन्छ भने हफ्तामा एक पटक भन्दा धेरै सेक्स गर्नाले त्यति धेरै खुशी नमिल्न नि सक्छ जति एक पटकको यौन सम्पर्कले दिन्छ। यदि तपाईं धेरैपटक यौन सम्पर्क गर्न चाहनुहुन्छ भने फ्रेशनेसका लागि तरिकामा परिवर्तन ल्याउनुपर्छ र नयाँ एक्सपेरिमेन्टहरु गरिरहनुपर्छ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...