योगेश दाइ भुंग्रोमा पर्नुभोः रामकुमारी झाँक्री



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईलाई मन्त्री बनाउनुको रहस्य खोलेकी छन्।

 

भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हालेकै भोलिपल्ट नेतृ झाँक्रीले सरकार अफ्ठ्यारोमा परेपछि भट्टराईलाई मन्त्री बनाइएको खुलासा गरेकी हुन्।

 

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओलीको नाम नलिइकन अफ्ठ्यारोमा परेपछि मुठ्ठी खुला गरेको बताएकी हुन्। प्रधानमन्त्री ओलीको आलोचकका रुपमा रहेकी नेतृ झँक्रीले सजिलो अवस्था रहँदासम्म योगेशलाई मन्त्री नबनाइएको र अफ्ठ्यारोमा परेपछि मात्रै मन्त्री बनाइएको भन्दै गुनासो गरेकी हुन्।

‘आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो। जसको कारण योगेश दाइलाई मन्त्री बनाईयो’, फेसबुकमा उनले लेखेकी छन्, ‘ सरकार अलोकप्रियताको भुंग्रोमा छ। दाइ त्यही भूंग्रोमा पर्नुभयो।’ उनले आमाको भनाइ उल्लेख गर्दै जस्तो भुंग्रोमा परे पनि निस्कनुको विकल्प नभएको भन्दै बधाई र शुभकामना दिएकी छन्।

 

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला भट्टराईको निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्बोधन गर्दै जिताएर पठाए मन्त्री बनाइदिने प्रतिवद्धता व्यक्त गरेका थिए। निर्वाचनमा नेकपाले बहुमत ल्याएर दुई तिहाइ नेतृत्वको सरकार बनाउँदा र ४÷४ पटक मन्त्रीमण्डल पर्नुगठन गर्दा समेत योगे मन्त्रीमा परेका थिएनन्।

 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङको पाथीभरमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री ओलीले सो मन्त्रालय आफूसँगै राख्दै आएका थिए। बुधबार उनले सो मन्त्रालयमा भट्टराईलाई नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री भट्टराई बुधबारै शपथ लिइ कार्यभार सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...