युवकले ट्याक्सी भित्र काण्ड सुरु गर्न थालेपछि युवतीले युवकको टोकेर दुई टुक्रा पारिन्



हाम्रो इकोनोमि

 

विश्वमा सबैभन्दा धेरै अपराध यौनका कारण पनि हुने गरेका छन् । गत बिहीबार राती घर फर्कनका लागि ट्याक्सीमा चढेकी एक २१ वर्षकी युवतीमाथि ब’लात्कारको प्रयास भएको खुल्न आएको छ । तर ति युवतीले हिम्मत देखाउँदै ब’लात्कारीको चंगुलबाट जोगिएर भाग्न सफल भइन् । यतिमात्र होइन ती युवतीले ब’लात्कारीलाई यतिसम्म घाइते बनाएकी थिइन् कि पुलिसले तत्कालै आरोपीलाई पक्राउ गर्न सफल पनि भयो । घटना भारतको राजस्थान राज्य जयपुरको हो ।

 

भारतीय दैनिक अमर उजालाको समाचार अनुसार शहरको आश्रम मार्गबाट चित्रकुट जानको लागि ती युवती ट्याक्सी चढेकी थिइन् । ट्याक्सीमा ड्राइभरका एक जना साथी पनि पहिलेदेखि नै बसिरहेका थिए । ती साथीले युवतीलाई गाडीमै ब’लात्कार गर्ने प्रयास गरे । युवतीले पनि साहस देखाउँदै ती ब’लात्कारीको जिब्रो टो’केर चुँडाइदिइन् ।

 

त्यसपछि भागेर प्रहरी चौकी पुगिन् । ब’लात्कारको प्रयास गर्ने आरोपी सचिन शर्मा पनि काटिएको जिब्रोको उपचार गराउनको लागि एसएमएस अस्पताल पुगे । युवतीको सूचनाका आधारमा उनी उपचारको लागि आउने आशंकामा सबै अस्पतालमा प्रहरी तैनाथ गरिएको थियो । उपचारका लागि गएका सचिनलाई प्रहरीले अस्पतालबाटै ट्याक्सी ड्राइभरसहित पक्राउ गर्यो ।

 

आरोपी भरतपुरको भएको र जगतपुरामा रियल स्टेट एजेन्टको काम गर्ने बताइएको छ । युवती आगराकी हुन् र चित्रकुट क्षेत्रमा बस्छिन् । उनी बीबीए पढ्दैछिन् र मोडलिङ पनि गर्छिन् । बिहीबार राती करिब सवा एक बजे जन्मदिनको पार्टीबाट निस्किएकी उनले ट्याक्सी बुक गरेकी थिइन् । गाडीमा पहिल्यै ड्राइभरका साथी पनि थिए ।

 

गाडी सोडाना नजिकै पुगेपछि सचिनले नक्कली पेस्तोल देखाएर युवतीलाई तर्साए त्यसपछि गुडिरहेको गाडीमा अगाडिको सिटबाट उठेर पछाडिको सिटमा गए । युवतीका अनुसार उनी निकै डराएकी थिइन् तैपनि हिम्मत देखाएर उनको जिब्रो टोकिदिएर गाडीबाट हाम्फालेकी थिइन् । घटनालाई लिएर अहिले ति युवतीको विश्वभर तारिफ भइरहेको छ । प्रहरीले घटनाबारे आवश्यक थप कारबाही अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...