यति धेरै आलोचित बनाउने आखिर प्रियंकाको के थियो त्यस्तो मस्ती ?



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकामा बस्दै आएकी छिन् । उनी अहिले विदा मनाउदैं छिन् । उनका तस्बिरहरु समाजिक सञ्जालमा समयसमयमा भाइरल हुने गर्छन । यो बीचमा अहिले उनले मियाबीबाट आफ्ना केही तस्बिर साझा गरेकी छिन् ।

 

उनका तस्बिरलाई लिएर भारतमा प्रियंकालाई के भयो ? भन्दै प्रश्नहरु पनि गर्न थालिएको छ । उनले अमेरिकी गायक निक जोनससँगको विवाहपछि घरमात्रै नभई व्यवहार पनि परिवर्तन गरेको बताइएको छ । उनका सर्मथकहरु भातरमा हालै आएको बाढी, डुबान पिडितलाई सहयोग नगरेको भन्दै रिसाएका छन् । प्रियंका आफ्नो जन्मदिनमा परिवारसँगै रमाइरहेकी छिन् ।

उनका तस्वीर यस्ता छन् ।

हालै बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान अमेरिकी चर्चित गायक निक जोनासबीच सम्बन्ध विच्छेदको हल्ला चलेको छ। ३६ वर्षीया प्रियंका र २६ वर्षीय निकबीच गतवर्षको डिसेम्बर महिनामा भारतमा हिन्दु र क्रिश्चियन दुवै संस्कार अनुसार विवाह भएको थियो

 

तर विवाह गरेको चार महिना नपुग्दै उनीहरु बीचमा खटपट सुरु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा हल्ला फैलिएको छ। प्रियंका निकबीच साना–साना कुरामा झगडा सुरु भएको र उनीहर सम्बन्ध विच्छेदको अवस्थामा पुगेको समाचारहरुमा उल्लेख छन्।

तर सम्बन्ध विच्छेदको हल्ला चलिरहेका बेला प्रियंकाले समाचार झुठो भएको पुष्टि गर्न खोजेकी छन्। उनले शनिबार एक पारिवारिक फोटो सार्वजनिक गरेकी छन्। प्रियंकाले श्रीमान निक उनका परिवार र आफ्नो सम्बन्ध अझ प्रगाढ भएको देखाउन खोजेकी छन्।

 

शनिबार प्रियंका निकका दाजुभाइहरुको सांगीतिक कार्यक्रममा सहभागी भइन्। उक्त कार्यक्रममा प्रियंकाका ससुरा समेत उपस्थित थिए। उनले फोटो पोस्ट गर्दै क्याम्पसनमा भनेकी छन्,‘निकका दाजुभाईसँग मेरो पहिलो सांगीतिक साँझ निकै रोमान्चक भयो, मैले परिवारसँग गर्वको महशुस गरिरहेको छु।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...