पैसा लिएर काम नगर्ने ठेकेदारलाई प्रधानमन्त्रीको यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’ (काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिनु भएको छ ।

 

सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा लिने तर समयमा काम नगर्ने प्रवृत्ति रोक्नका लागि मोबिलाइजेसन खर्चमा कडाइ गर्नुपर्ने बताउनु भएको हो ।

 

कुनै पनि आयोजना ठेक्का लागेपछि सुरुमै ‘मोबिलाइजेसन कस्ट’ बापत २० प्रतिशत रकम दिने व्यवस्था रहँदै आएको छ । यही व्यवस्थाको फाइदा उठाउँदै ठेकेदारले पेश्की रकम अन्यत्र लगाउने र मूल काम नगर्ने प्रवित्ति छ । ‘मोबिलाइजेसन कस्ट’ लिने र काम अड्काउने भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

 

यसमा कडाइ गर्नुपर्ने प्रधानमन्त्री ओलीको धारणा रहेको छ । कामको जिम्मा लिएपछि समयमा पूरा नगरे त्यसका लागि कतैबाट छुट र सहुलियत नहुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...