यस्तो पो तीज गीत राष्ट्रपति, प्रधानमन्त्री देखि सबैलाई गीत मार्फत करोडौं जनताको पिडा [भिडियो]



हाम्रो इकोनोमि

 

यस वर्षको तीज पनि नजिकिँदै छ । यो बीचमा धमाधम तीज गीतहरू बजारमा आइरहेका छन् । यही तीज गीतहरूका भिडमा एउटा नयाँ स्वाद दिने तीज गीत बजारमा आएको छ । विष्णु परियार र राजन वख्रेलको स्वरमा रहेको ‘सुन सुन राष्ट्रपति’ बोलको तीज गीत सार्वजनिक भएको हो । दिलीप रेग्मीको शब्द सङ्गीतमा रहेको उक्ले गीतले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ ।

 

राजनीतिको झुटा आश्वासन, नेताहरूको झुटा सपना र चिप्ला-चिप्ला भाषणले सर्वसाधारणलाई दिक्क पारेको गीतले बोलेको छ । गीतमा पानी जहाज र रेल भन्दा पनि नेपाली चेलीबेटी आमा दिदीबहिनीहरू ढुक्कसँग हिँड्न डुल्न घुम्न रमाउन पाउनु पर्ने समावेश गरिएको छ । चुनावको बेलामा ठूला ठूला गर्ने तर अहिले जनताले सिटामोल पनि खाए नपाएको दुखेसो उक्त गीतमार्फत पोखिएको छ । उक्त गीतको भिडियोलाई दिलीप रेग्मीले निर्देशन गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् ।

 

निरेन श्रेष्ठको कोरियोग्रफिमा रहेको गीतको भिडियोमा अलिन रायमाझी, दिलीप रेग्मी र यादव देवकोटाको फिचरिङ रहेको छ । त्यस्तै उक्त गीतको भिडियोमा अम्बिका जिसी रोकालाई राष्ट्रपति, दल बहादुर केसीलाई प्रधानमन्त्री र माधव अधिकारीलाई गृहमन्त्रीको रूपमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...