आइटम गर्ल राखी सावन्तले यसरी बिहे गरेको खुलासा : यस्ता रहेछन् श्रीमान्



हाम्रो इकोनोमि

 

समयसमयमा विवादमा पर्दै आएकी बलिउड अभिनेत्री राखी सावन्तको विवाहको खबर बाहिर आएको छ । बलिउडमा आइटम गर्लको परिचय बनाएकी सावन्तले गोप्य तरिकाले मुम्बईको जे डब्लू मेरियट होटलमा विवाह गरेको खबर भाइरल भएपछि नयाँ खुलासा भएको हो । सामाजिक सञ्जालमा उनका सर्मथकहरुले तस्वीरसहित विवाहको कुरा भाइरल बनाएसँगै समाचार प्रकाशित भएका खबरहरु पनि बाहिर आएका छन् । राखीले एक जना एनआरआईसँग विवाह गरेको खबर प्रकाशित गरेका थिए ।

 

उक्त खबर भाइरल भैरहेको बेला अभिनेत्री सावन्तले उक्त खबर सरासर झुटो भएको दावी गरेकी छिन् । विवाह गरेको खबरलाई उनले ठाडै अस्विकार गरिदिए पछि घटना अर्कै मोडमा पुगेको छ । राखीले विवाह गरेको खबर प्रकाशित गर्ने अनलाइन पत्रिकाहरुमा उनले गैर आवासीय भारतीयसँग गोप्य रुपमा विवाह गरेको, विवाह मुम्बईको जे डब्लू मेरियट होटलमा गत आईतबारका दिन भएको तथा वैवाहिक समारोलाई पूर्ण रुपले गोप्य राख्नका लागि परिवारका सदस्यहरु मात्र उपस्थित भएको उल्लेख गरिएको थियो ।

 

राखीका अनुसार उनले रियलमा नभई रिलमा विवाह गरेकी हुन् । यो भन्दा भारतीय कलाकार दिपक कलालसँग नाम जोडिएकी राखीको चर्चा उनले दिने बयानका कारण हुने गर्दछ । दुलहीको पहिरनमा आफु एउटा प्रोडक्टको फोटोसेसन गरिरहेको थिएँ । त्यही फोटो बाहिरिएपछि मैले विवाह गरेको नक्कली खबर भाइरल भएको उनले स्पष्ट पारिन् । आफुलाई विवाह गर्न हतार नभएको भन्दै उनले आफुलाई आरामले वस्न दिन सबैसँग अपिल गरेकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बढ्यो घरजग्गाको कारोबार

    आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले वृद्धि...

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

     नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६...

नाइमा नेपालको मोबिलिटी एक्स्पो २०२६ हुने

    नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले काठमाडौंस्थित द सोल्टी...

सूचनामा विभेदविरुद्ध पत्रकार महासंघको थप आन्दोलन घोषणा

    नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणा पत्र...