आइटम गर्ल राखी सावन्तले यसरी बिहे गरेको खुलासा : यस्ता रहेछन् श्रीमान्



हाम्रो इकोनोमि

 

समयसमयमा विवादमा पर्दै आएकी बलिउड अभिनेत्री राखी सावन्तको विवाहको खबर बाहिर आएको छ । बलिउडमा आइटम गर्लको परिचय बनाएकी सावन्तले गोप्य तरिकाले मुम्बईको जे डब्लू मेरियट होटलमा विवाह गरेको खबर भाइरल भएपछि नयाँ खुलासा भएको हो । सामाजिक सञ्जालमा उनका सर्मथकहरुले तस्वीरसहित विवाहको कुरा भाइरल बनाएसँगै समाचार प्रकाशित भएका खबरहरु पनि बाहिर आएका छन् । राखीले एक जना एनआरआईसँग विवाह गरेको खबर प्रकाशित गरेका थिए ।

 

उक्त खबर भाइरल भैरहेको बेला अभिनेत्री सावन्तले उक्त खबर सरासर झुटो भएको दावी गरेकी छिन् । विवाह गरेको खबरलाई उनले ठाडै अस्विकार गरिदिए पछि घटना अर्कै मोडमा पुगेको छ । राखीले विवाह गरेको खबर प्रकाशित गर्ने अनलाइन पत्रिकाहरुमा उनले गैर आवासीय भारतीयसँग गोप्य रुपमा विवाह गरेको, विवाह मुम्बईको जे डब्लू मेरियट होटलमा गत आईतबारका दिन भएको तथा वैवाहिक समारोलाई पूर्ण रुपले गोप्य राख्नका लागि परिवारका सदस्यहरु मात्र उपस्थित भएको उल्लेख गरिएको थियो ।

 

राखीका अनुसार उनले रियलमा नभई रिलमा विवाह गरेकी हुन् । यो भन्दा भारतीय कलाकार दिपक कलालसँग नाम जोडिएकी राखीको चर्चा उनले दिने बयानका कारण हुने गर्दछ । दुलहीको पहिरनमा आफु एउटा प्रोडक्टको फोटोसेसन गरिरहेको थिएँ । त्यही फोटो बाहिरिएपछि मैले विवाह गरेको नक्कली खबर भाइरल भएको उनले स्पष्ट पारिन् । आफुलाई विवाह गर्न हतार नभएको भन्दै उनले आफुलाई आरामले वस्न दिन सबैसँग अपिल गरेकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...