कास्कीबाट रवीन्द्रको निर्वाचन क्षेत्रमा गौतमलाई उम्मेदवार बनाउँने पक्का



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका ‘गतिशील’ नेता वामदेव गौतमसँग प्रधानमन्त्री केपी शर्मा ओलीको समझदारी बनेपछि गौतमले संसदमा प्रवेश पाउने सम्भावना बढेको छ । ओलीसँगको असमझदारीलाई यथावत् राख्दै प्रचण्डसँगको गठबन्धनबाट संसद्मा छिर्न यसअघि पटकपटक भएका उनको प्रयास असफल भएको थियो । दुई साताअघि केपीसँगको लामो संवादपश्चात् वामदेव गौतमलाई सङ्गठन विभागको प्रमुख बनाउन र संसद्मा प्रवेश गराउन ओली राजी भएका हुन् ।

 

वामदेव गौतम अब कसैलाई पदबाट राजीनामा गराएर सांसद बन्ने योजनामा नभएको बताइन्छ । रवीन्द्र अधिकारीको निधनपश्चात् कास्कीको रिक्त निर्वाचन क्षेत्रमा नै उनको उम्मेदवारी हुने भएको छ । रवीन्द्रपत्नीलाई ६ महिनापछि राष्ट्रिय सभा सदस्य बनाइने र सकेसम्म कुनै मन्त्रालयको जिम्मेवारीसमेत दिइने सर्तमा गौतम कास्कीबाट उम्मेदवार बन्न तयार भएका हुन् । आगामी मङ्सिरसम्ममा कास्कीमा उपनिर्वाचन गराइने र वामदेव गौतम त्यहाँ उम्मेदवार बन्नेचाहिँ अब निश्चितप्रायः छ । यसबीचमै केपीसँग कुनै असमझदारी पैदा भएमा भने अन्यथा हुन सक्ने सम्भावना भने यथावत् रहेको छ ।

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...