नेपाली केटी सुनितासँगको बिबाह बारे गोबिन्दाले मुख खोले



हाम्रो इकोनोमि

 

बलिउडमा नेपाली ज्वाईको रुपमा चर्चा पाएका अभिनेता गोबिन्दा यस्ता नायक हुन् जसले बलिउड फिल्ममा आफ्नो अभिनयले फरक छाप छोडेका छन् । लगभग हरेक खालका चलचित्रमा गोबिन्दाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।

 

विशेषगरी ९० को दशकपछि गोबिन्दाले कमेडी जनरलाई नयाँ उचाई दिएको र फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेको बताइन्छ । गोबिन्दा हालै चर्चित पत्रकार रजत शर्माको टिभी शो ‘आपकी अदालत’ मा पुगे जहाँ उनले आफ्नो विवाहबारे रोचक खुलासा गर्न भ्याएका छन् ।

 

केही वर्ष अघि गोबिन्दा त्यतिबेला चर्चामा आएका थिए जब उनले आफ्नी श्रीमती सुनितासँग एकपटक पुनः विवाह गरेका थिए । कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए ।

 

उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको थिए । ’ उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका थिए । गोबिन्दाले आफ्नी श्रीमती सुनितासँगको भेटलाई याद गर्दै भनेका थिए, ‘म सुनितासँग एउटा पार्टीबाट फर्किरहेको थिएँ ।

 

उनको हात मेरो हातसँग छोइएको थियो तर हामी दुबैले हात हटाएनौं । यसरी नै हाम्रो सम्बन्धको सुरुवात भयो । ’ गोबिन्दाका काका आनन्द सिंहले उनलाई ‘तन बदन’ बाट डेब्यू गराएका थिए र त्यति नै बेला आनन्द सिंहकी साली सुनिता मुंजाल गोबिन्दाको प्रेममा परिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...